बाढीपीडित बाँसका टहरामा

दाङको बाढीपीडित क्षेत्रमा बाँसैबाँसका टहरा देख्न सकिन्छ । बाँसका टहरामा बस्नुपर्ने बाढीपीडितको बाध्यता बनेको छ । विसं २०७१ मा आएको बाढीले घर बगाएपछि पीडितले अझै घर बनाउन सकेका छैनन् । उनीहरु अहिलेसम्म बाँसका टहरामा नै बस्दै आएका छन् । हिउँदमा टहरामा बस्न मुश्किल हुने तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका बाढीपीडित जीतबहादुर चौधरी बताउनुहुन्छ...

मेलामा झडप हुँदा प्रहरी घाइते

मध्य धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच गएराति झडप हुँदा प्रहरी सहायक निरीक्षक र अन्य तीन जना घाइते भएका छन् । झडपमा केही सवारीसाधनसमेत तोडफोड भएको छ । बुङकोटघाटमा लाग्ने एकादशी मेलामा गोरखातर्फ आएको एक समूहले आक्रमण शुरु गरेपछि उक्त घटना भएको र पछि दुवै पक्षबीच...

राप्तीमा तटबन्ध निर्माण शुरु

दाङको राप्ती नदीमा साढे तीन किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको छ । लमही–गढवा सडकखण्डमा पर्ने पुलदेखि उत्तरतर्फ दुई किलोमिटर र दक्षिणतर्फ डेढ किलोमिटर क्षेत्रमा तटबन्धको काम शुरु भएको जनताको तटबन्ध कार्यालय लमहीका इञ्जिनियर आरसी चौधरीले जानकारी दिनुभयो । रु ११ करोड ३८ लाख ६९ हजार ९३९ मा दक्षिणतर्फ सूर्य वाइवा...

‘महिला आफन्तबाटै असुरक्षित’

–रीता लामा   गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । तत्काल राप्ती उपक्षेत्रीय अस्पतालमा बालिकाको उपचार भयो । घोराही सिमेण्ट उद्योगमा गाडी चालक रहेका दाजुलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो ।...

मनाइयो हरिबोधनी एकादशी

भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन यो पर्व मनाउने गरिन्छ । आज तुलसीको दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गरेपछि चार महीना लामो व्रत उद्यापनका लागि भोलिदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा हवन गर्छन् । आषाढ शुक्ल...