प्रहरीको पनि ध्यानाकर्षण


सभामुखलाई जोडेर प्रहरी माथि दवाव आएको भन्ने समाचारप्रति जिल्ला प्रहरी कार्यालय दाङ पनि आपत्ति जनाएको छ । गत वैशाख १० गते धर्म परिवर्तन गर्ने कार्यमा संलग्न आरोपी तीन जनालाई पक्राउ गरी मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १५८ वमोजिम कारवाही प्रकृया अगाडी वढाईएको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षकविनोद विक्रम शाहले एक विज्ञप्ती जारी गर्दै यसमा कहीँ कतैबाट र कोही कसैबाट कुनै पनि खालको दवाव नआएको स्पष्ट पारेका छन् ।


साथै उनले फौजदारी न्याय प्रशासन अन्तर्गत कानून प्रकृयागत ढंगले नै उक्त घटनाका दोषिहरुलाई कारवाही गर्नेमा आश्वस्त हुन सम्वन्धित सवैमा अपिल गरेका छन ।

तपाईको प्रतिक्रिया