बिष्णु चौधरी ८८ दिनमा जमानतमा छुटे


तुलसीपुर, ३० चैत्र ।
दाङको विजौरी बलात्कार काण्डका मुख्य दोषी भनिएका विष्णु चौधरी ८८ दिनमा जमानतमा छुट्नुभएको छ । चौधरीले साढे दशलाख धरौटी राखेर जमानतमा छुटेको बताईएको छ ।

 

तुलसीपुर उपमहानगरपालिका१८ निवासी ३१ वर्षीय चौधरीलाई १० वर्ष पहिलेको एउटा सामूहिक बलात्कार काण्डमा अदालतले दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले २०७२ साल फागुन ३० गते विजौरीमा भएको सामूहिक बलात्कार काण्डको मुख्य दोषी ठहर गर्दै चौधरीलाई ९ वर्ष ११ महिना २ दिन कैद सजाय सुनाउँदै ५० हजार जरिवाना समेत तोकेको थियो ।

तर चौधरी ८८ दिन अगाडि मात्रै पक्राउ पर्नुभएको थियो । गढवा गाउँपालिका कि १७ वर्षीया एक बालिका २०६५ साल चैत १५ गते शान्ति नगरस्थित आफन्तको घरबाट तुलसीपुर हुँदै घोराही आउदै गर्दा विजौरीमा सामुहिक बलात्कारमा परेकी थिइन ।

उक्त दिन तत्कालिन माओवादीको वन्द रहेका कारण उनले घोराही जान गाडीको प्रतिक्षामा त्यही बसेको समयमा झुक्याएर नशालु पदार्थ ख्वाएर लठ्याएर बलात्कार भएको आफन्तले बताएका छन् ।

ति युवतीको घटना भएको ८४ औं दिनमा मृत्यु भएको थियो । चौधरीले सर्वोच्च अदालतमा पुनराबेदन गरेपछि निर्दोष भएको भन्दै घोराही कारागारले रिहा गरेको हो ।।

तपाईको प्रतिक्रिया