दाङका ३९ वडामा आधारभुत स्वास्थ्य संस्था निर्माण गर्ने

तुलसीपुर, २७ चैत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारले दाङका ३९ वडामा आधारभुत स्वास्थ्य संस्था निर्माण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निति योजना तथा अनुगमन महाशाखाका प्रमुख विकास देवकोटाका अनुसार दाङका दाङका ३९ वडामा आधारभुत स्वास्थ्य संस्था निर्माण हुन लागको हो ।

दश स्थानीय तह मध्ये राप्ती गाँउपालिकामा सबैभन्दा बढी आधारभुत स्वास्थ्य संस्था निर्मांण हुने भएका छन् । राप्ती गाँउपालिकामा ६ वटा आधारभुत स्वास्थ्य संस्था निर्माण हुने छ । त्यस्तै राजपुर र बबई गाँउपालिकामा ५÷५ वटा, लमही नगरापालिकाका सहित गढवा र शान्तीनगर र दंगिशरणमा ४÷४ वटा निर्माण हुने प्रमुख देवकोटाले बताउनुभयो ।

त्यस्तै बंगलाचुली गाँउपालिकामा ३ वटा, तुलसीपुर र घोराही उपमहानगरपालिकामा ८ ओटा स्वास्थ्य संस्था निर्माण हुन लागेका छन् । जनतालाई आधारभुत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले प्रत्येक वडामा आधाभुत स्वास्थ्य संस्थामार्फत सेवा उपलब्ध गराउने डा. देवकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया