जन्मदिनमा सिकलसेल पीडितलाई सहयोग

घोराही १४ चैत्र । घोराहीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा सिकल्सेलका बिरामीहरुलाई सहयोग गर्नु भएको छ । घोराही १६ सर्रा निवासी प्रवीण कुमार भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर घोराही १७ चौघेरामा रहेका सिकल्सेलका पीडितहरुलाई शैक्षिक सामग्री तथा फलफुल वितरण गर्नु भएको छ ।

एकै घरका चारजनालाई देखा परेको सिकल्सेल एनोमिया रोगबाट ग्रसित भएका तीनजना बालबलिका तथा एक महिलालाई तिरूपाते निर्माण सेवाका सञ्चालक प्रवीण कुमार भण्डारीले आफ्नो जन्मदिनलाई लक्षित गरी दुई- दुई थान स्कुल ड्रेस ,स्कुल झोला ,जुत्ता ,मोजा , सुरुवालकुर्ता र फलफुल सहयोग गर्नु भएको हो ।

विगतका दिन देखि नै सामाजीक सेवामा तत्पर रहेका युवा व्यवसायीले आफूले सीकल्सेलका बिरामीहरुलाई सहयोग गर्न पाउँदा खुसी अनुभूति गरेको बताउनु भयो । केही दिन अघि मात्र युवा व्यवसायी भण्डारीले आफ्नो बुवाको पुण्य तिथिमा घोराही १६ मा रहेको वृद्धाश्रममा सहयोग गर्नु भएको थियो ।

 

रगतको कमीले लाग्ने गरेको सिकल्सेल रोग थारु समुदायमा बढी देखिएको पाइएको छ । घोराही उपमहानगरपालिका १७ चौघेराका एकै परिवारका चार जनालाई सिकलसेल भएको छ । २५ बर्षीया कमला चौधरी र उनका छोरीहरु १० बर्षीया सम्झना, ८ बर्षीया माधवा र ६ बर्षीय छोरा गोविन्दलाई सिकलसेल भएको हो ।दुई बर्षदेखि समस्या भए पनि गत बैशाखमा मात्रै रोग पहिचान भएको थियो । श्रीमान् छेदु चौधरी मात्रै रोगबाट बचेका छन् । छेदु र सिकलसेल पिडित कमलाले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् |

जिल्लामा १ सय ६० सिकलसेलका बिरामी रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. रामप्रसाद प्याकुरेलले बताएका छन् । जिल्लामा तीन महिनादेखि औषधी अभाव रहेको र भर्खरै मात्रै भेरी अञ्चल अस्पताल बाँकेबाट केही औषधी ल्याएको उनले बताए । देशभर नै अभाव भएकाले यहाँ पनि समस्या भएको प्याकुरेलले बताए ।

औषधी नभएका कारण बिरामीले तीन महिनादेखि सेवन गर्न पाएका थिएनन् । सिकलसेलका विरामीहरुले तीन महिना देखी आईरन चक्कि खाएर जीवन निर्वाह गरीरहेका थिए ।

 

तपाईको प्रतिक्रिया