शोभायात्रालाई अहिलेसम्मकै भव्य बनाउछौ

फागुन ११ गतेदेखी धारापानीमा लाग्ने महायज्ञको उद्घाटन संघिय संसदका सभामुख कृष्णबहादुर महराले गर्ने भएका छन् । महायज्ञको मिति नजिकिदै गर्दा महायज्ञ आयोजक मुल समिति तथा उपसमितिहरु क्रियाशिल भैरहेका छन् । सवै उपसमितिहरुले आफ्नो आफ्नो जिम्मेवारी पुरागर्न लागीपरेको देखीएको छ । पाँचलाख पर्यटक भित्र्याउने लक्ष्य लिएको महायज्ञको उद्घाटन पुर्व निकालीने शोभायात्रालाई कसरी व्यवस्थीत बनाउनु भएको छ भन्ने वारेमा संयोजक ध्रुवकुमार श्रेष्ठसंग सन्तोष अधिकारीले गरेको कुराकानी ।


शोभायात्रा तथा आर्थिक उपसमिति
१ महायज्ञको सुरुवातमा निकालीने शोभायात्रालाई कसरी बुझ्नु भएको छ ? शोभायात्रालाई महायज्ञको भव्यता भनेर मैले बुझेको छु । शोभायात्रामा निकालीने झाँकी तथा विभिन्न भेषभुषाले त्यो महायज्ञको सफलताको वारेमा आँकलन गर्न सकिन्छ । शोभायात्रामा सहभागी भएकाहरुवाट आयोजकले सवै पक्षलाई समेट्न सकेको छ की छैन । शोभायात्राले त्यो महायज्ञको स्वरुप समेत चिनाउने गर्दछ ।


२ शोभायात्रामा को को सहभागी हुदैछन् ?
पाण्डवेश्वर महादेव धाम हामी सवैको हो । त्यसैले हामीले जिल्लास्थीत सम्पुर्ण संघ संस्था, विद्यालय, जातजाती, सहकारी लगाएत सवैलाई शोभायात्रामा सहभागीताका लागि पत्राचार गरेका छौ । यदी कारणवस कही पत्र नपुगेको भए पनि पाण्डवेश्वर धामलाई प्रवद्र्धन गर्न सहभागी हुनुहुने छ भन्ने अपेक्षा समेत लिएको छु । यो शोभायात्रालाई अहिले सम्मकै भव्य बनाउने तयारी हामीले गरेका छौ । विभिन्न जातजातीका विभिन्न नाचहरुलाई सहभागीहुन आउन अनुरोध समेत गरेका छौ ।

जस्तै थारुहरुको वर्का नाच मगरहरुको लट्ठी नाच, पञ्चेवाजा त्यस्तै नेवारहरुको लाखे नाच जस्ता विभिन्न नाचहरुलाई सहभागीहुन अनुरोध गरीएकोले यो शोभायात्रा अहिलेसम्मकै उत्कृष्ट हुने मैले अपेक्षा गरेको छु । शोभायात्रामा शान्ती कलश यात्रा समेत गरीने छ । कसैले शान्ती कलश लग्न चाहेमा एक हजार एक सय एक रुपैया तिरेर लीन सकिने छ ।

३ महायज्ञ धारपानीमा हुदैछ तर शोभायात्रा कहाँ हुने छ ?
ठिक प्रश्न गर्नुभयो धारपानीमा महायज्ञ गर्ने भनिएकोले हाम्रा भक्तजन तथा पर्यटकहरुमा शोभायात्रा कहाँवाट शुरुहुन्छ भन्ने जिज्ञाशा पनि होला । हामिले शोभायात्राको लागि ११ गते विहान साढे १० वजे कर्मचारी मिलनकेन्द्रको प्राङ्गणमा भेलाभई ११ वजेवाट शोभायात्रा शुरुहुने छ । कर्मचारी मिलनकेन्द्रवाट निस्किएको शोभायात्राले घोराही वजारको परीक्रमा गर्ने छ । त्यसपछि महायज्ञ आयोजक समितिले तयार गरेका यातायातका सवारी साधनको प्रयोगगरी सवै धारपानीको लागि जाने छौ । बबई नदी पुगेर त्यहाँदेखी मन्दीर परीसर, महायज्ञ स्थलसम्म शोभायात्रा गर्दै जाने हामीले तयारी गरेका छौ । हाम्रो झाँकी नाच तथा विभिन्न भेषभुषा सहितले सजिएको शोभायात्राको टोली महायज्ञ स्थल पुगेपछि उद्घाटनको कार्यक्रम सुरु हुने छ ।

४ शोभायात्रामा सहभागीहरुलाई पुरस्कृत गर्नुहुन्छ ?
अन्य महायज्ञ तथा मेलाहरुमा शोभायात्रामा उत्कृष्टहुने टोलीलाई पुरस्कृत गर्ने गरेको पाईन्छ । तर हामीले शोभायात्रामा सहभागीहुने सवै संघसंस्थाहरुलाई सम्मान पत्र दिने योजना बनाएका छौ । धारपानी धामको विकाशमा सवैको लगानी त्यत्तिकै रहेको छ । शोभायात्रालाई कसरी व्यवस्थीत र मर्यादित बनाउन सकिन्छ भन्ने तर्फ सवैको ध्यान जानु जरुरी छ ।

५ तपाई आर्थिक समितिमा पनि हुनुहुन्छ, महायज्ञवाट संकलीत रकम के मा प्रयोग गर्ने योजना छ ?
हामिले पहिलेदेखी नै भन्दै आएका छौ की हाम्रो पहिलो प्राथमिकता भनेको पाँचलाख भक्तजन तथा पर्यटकहरुलाई मन्दिरमा उतार्नु हो । तर महायज्ञमा भएको दानवाट हामिले बेद पाठशाला, तथा परम्परागत गौशाला निर्माण गर्ने छौ । हामीले निर्माण गरेको गौशालामा काठे गाईहरु मात्रै राख्ने योजना छ । ति गाईहरु अहिले सवैको हेला भैराखेका छन् । अहिले उन्नत जातको गाई पालन भैरहेको छ भने लोकल जातीका हेला भएका गाईहरुको संरक्षण गर्न गौशाला तथा पाण्डवेश्वर महादेव धाममा वेद पाठशाला सञ्चालनमा ल्याएर बैदिक सनातन सम्वन्धी पठनपनठन समेत गर्ने योजना छ ।

अन्त्यमा केही भन्नु छ ?
धन्यवाद गणतन्त्र राष्ट्रिय दैनिकलाई धारपानीमा लाग्ने महायज्ञलाई प्राथमिकता दिएर शोभायात्राको वारेमा जानकारी दिने अवसर दिएकोमा । धारपानी धाम दाङकै शानको रुपमा रहेको छ । त्यसको विकाश हुनु भनेको समग्र दाङवासीको खुशीको कुरा हो । अहिले विश्वकै अग्लो त्रिशुल भनेर परिचित भएको छ भने यो महायज्ञले अझै व्यापक रुपमा धारपानी धामलाई परीचित गराउने छ ।

दाङवासीहरुलाई यो महायज्ञलाई सफल वनाउन सवै किसिमले सहयोग गर्न अनुरोध गर्दछु । वाहिरी जिल्लावाट आउनुहुने हाम्रा अतिथिहरुलाई सम्मानगरी धारपानीसम्म पु¥याउन सहयोग गर्नुहुने छ भने सवै दाङवासीहरु महायज्ञमा सरीकहुनुहुने छ भन्ने विश्वास लिएको छु ।

तपाईको प्रतिक्रिया