प्रथम प्रादेशिक तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता भोलीदेखि


दाङ,१६ कार्तिक । दाङको घोराहीमा हुन थालेको प्रथम प्रादेशिक पोफ्रेश्नल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता–२०७५ भोली देखि घोराहीमा हुने भएको छ । आइटिएफ तेक्वान्दो संघ दाङको सहकार्यमा भरतपुर आइटिएफ तेक्वान्दो डोजाङको आयोजनामा यहि कार्तिक १७ र १८ हुन थालेको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको प्रतियोगिता आयोजकले जनाएको छ ।


‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडी’ भन्ने मुख्य नाराका साथ हुन थालेको ‘प्रथम प्रादेशिक पोफ्रेश्नल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता–२०७५’ घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलालगायतका अतिथिहरुको उपस्थीतिमा गरिने भएको भरतपुर आइटिएफ तेक्वान्दो डोजाङका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए ।

भोली (शनिवार) ११ बजे घोराही उपमहानगरपालिका–१४ स्थीत घोराही कवर्ड हलमा हुन थालेको उदघाटन कार्यक्रममा उपस्थीतिका लागि खेलाडी,सञ्चारकर्मीलगायत सम्पुर्णमा अनुरोध गरेका छन ।

प्रदेशमै पहिलो पटक सञ्चालन हुन थालेको प्रतियोगितामा प्रदेश नम्वर ५ का १२ जिल्लाका खेलाडी सहभागि हुदैछन । प्रत्येक जिल्लावाट ५÷५ जना महिला र पुरुष गरि १० जना खेलाडीका दरले १ सय २० जना खेलाडीहरुको सहभागी रहने अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगितामा सहभागीताका लागि खेलाडी तथा प्रशिक्षकहरु शुक्रवार साँझसम्म आईपुग्ने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितामा ५५ देखि ६० किलो तौल समुहका खेलाडीहरुले प्रतिष्प्रर्धा गर्ने भएका छन ।

प्रतियोगिता प्रथम हुनेलाई महिला र पुरुष दुवै खेलाडीको लागि पहिलो पुरस्कार ३० हजार, दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार १० हजार रुपैयासहित,मेडल, शिल्ड र प्रमापत्र प्राप्त गर्नेछन । प्रदेशमै पहिलो पटक हुन थालेको प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साह सिर्जना गर्ने आयोजक टिमले जनाएको छ ।

तपाईको प्रतिक्रिया