प्रतिष्ठानको लाजमर्दो दादागिरी

नवीन अभिलाषी
दाङ, साउन १३ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दादागिरीले हद नाघेको छ । राप्ती उपक्षेत्रीय अस्पतालको हातामा लामो समय देखि सञ्चालनमा रहेको साझा स्वास्थ्य विक्रि कक्षलाई बन्द गरेर एकलौटी रुपमा औषधि विक्रि गर्न खोजेको प्रतिष्ठानले सोमबार आज विहानै साझा औषधी विक्रि कक्ष अगाडी बालुवा थुपारेर दादागिरी देखाएको छ ।

प्रतिष्ठानले साझाको औषधि कक्ष बन्द गराए पनि विरामीहरुले साझाबाटै औषधि किन्न पाउने भन्दै दवाव दिएपछि साझा औषधि कक्ष आईतबार देखि फेरी सञ्चालनमा आएको थियो । प्रतिष्ठानको फार्मेसीमा औषधीको अभाव रहेको विषयमा गणतन्त्र अनलाईनले यस अगाडी नै समाचार प्रकाशन गरेको थियो ।

विरामीहरुले साझाबाटै औषधि खरिद गर्न थालेपछि एक ट्याक्टर बालुवा साझाको ढोकै अगाडी थुपारेको छ । त्यति मात्रै नभई चार जना प्रतिष्ठानका सुरक्षाकर्मीहरु राखेर साझामा औषधि किन्न रोक लगाएको छ । साझा अगाडी बसेका विरामीहरुलाई औषधि किन्न रोक लगाउने र जवरजस्ती प्रतिष्ठानको फार्मेसीबाट औषधि किन्न लगाउने गरेको विरामीका आफन्तहरुले बताएका छन् ।

बालुवा किन र कुन प्रयोजनका लागि त्यहाँ राखिएको हो भन्ने बारेमा कसैलाई थाहा छैन । विरामीहरु अस्पतालको फार्मेसीबाट चाहिएको औषधि नपाएपछि बाहिरबाट किन्नुपर्ने बाध्यतामा पुगेका छन् । यसरी प्रतिष्ठानले जसरी भएपनि साझाको औषधी कक्ष बन्द गराउन खोजेको देखिएको छ ।

तपाईको प्रतिक्रिया