प्लाष्टिकको बाल्टीमा डुबेर १८ महिने शिशुको मृत्यु

दाङ, साउन १३ । बाँकेको खजुरा गाउँपालिका ७ गुनानामा १८ महिनाको शिशुको बाल्टीमा डुबेर मृत्यु भएको छ । घरको आँगनमा रहेको पानीले भरिएको प्लाष्टिकको बाल्टीमा डुबेर बारिस भाटको १८ महिनाको छोरीको आईतबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरको आगनमा खेलिरहेको र आमा घरको कोठामा सुतिरहेको अबस्थामा छोरी घरको आगनमा रहेको पानी भरिएको प्लास्टिकको बाल्टीमा खसेर डुबि मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनौलीले बताएको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी नायव निरिक्षक चक्रबहादुर खत्रीको कमाण्डमा प्रहरी टोलि खटिगएको र बाँके बाट प्रहरी निरिक्षक दिपक मल्लको कमाण्डमा थप प्रहरी टोलिले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया