त्यो विषालु च्याउ जस्ले ३ वर्षीय बालक सहित तीन जनाको ज्यान लियो

दाङ, साउन १३ । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चालको एकै परिवारका तीन जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ । पाटेगुम्चाल बस्ने बर्ष २५ कि फुर्मली बुढाथोकी, उनको छोरी बर्ष ७ कि सुनिता बुढाथोकी र छोरा बर्ष ३ को पुस्कर बुढाथोकी आईतबार मृत्यु भएको हो ।

उनीहरुले गत ८ गते बिषालु च्याउ खाई बिरामी परेका थिए । उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । पुस्कर बुढाथोकीको ११ गते नै मृत्यु भएको थियो । उनको १२ गते घरमा ल्याई दाह संस्कार गरिएको थियो भने सुनिता बुढाथोकीको १२ गते र फुर्मली बुढाथोकीको आज विहान मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया