५२ औ रक्तसञ्चार दिवस, ‘रगत लिन जानेको, दिन नजानेको ’

नेपालमा पनि रक्तदानको सुरुवात भएको करिव आधा सताब्दी वित्यो । ‘रक्तदान जीवन दान’ भन्ने नारा सहित नेपालमा रक्तसंचारलाई संस्थागत रुपमा विकास गर्ने काम गरियो । रक्त संचारलाई संस्थागत रुपमा अगाडी बढाएको आइतवार ५२ बर्ष पुग्यो । सोही अवसरमा हिजो देशभर ५२ औ रक्तसञ्चार दिवस मनाईयो ।

दाङमा पनि रक्तसञ्चार दिवसको अवसर पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले रक्तसञ्चारको कामलाई अझै विस्तार गर्नुपर्ने बताए । जनसंख्या र अस्पताल बढेसँगै रगतको माग पनि बढ्दै गएको भन्दै यसलाई अझ व्यवस्थित हुन सुझाव दिए ।

रक्तसंचारको क्षेत्रमा काम गर्दै आएका सरोकारवालाहरुले रगत माग्न आउने धेरै भए पनि दिन आउने भने निकै थोरै भएको बताए । लामो समय देखि नेगेटिभ ब्लड गु्रप संकलनमा सक्रिय थम्मन चौधरीले सबैजसो सेवाग्राही रगत माग्न आए पनि दिन भने नमान्ने गरेको सुनाए । ‘आफन्तलाई रगत चाहिएको हुन्छ । उक्त ब्लड गु्रप उनीहरुसँगै हुन्छ तर दिन मान्दैनन ।’ उनले भने ‘अझैसम्म हामीले रगत दिनु मानविय सेवा हो भन्ने सोच मानिसहरुमा विकास गर्न सकेकै छैनौ ।’ उनका अनुसार अव रक्तसंचारको क्षेत्रमा सरोकार राख्ने व्यक्ति वा संघसस्थाहरुले चेतना विस्तारको काम पनि गर्नुपर्ने उनको बुझाई छ ।

जिल्ला रेडक्रस सोसाइटी दाङका अध्यक्ष नाराय आचार्यको अध्यक्षता एवम जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपालीले रक्तसंचार सेवालाई प्रभावकारी र सहज बनाउन आफुले सक्दो प्रयास गर्ने बताए । उनले रक्तसंचार सेवालाई सहयोग गर्नको लागि आफुले एक पटक सबै स्थानिय तहको बैठक नै राखेर सहयोगको पहल गर्ने बताए । सबैको आवश्यकतासँग जोडिएको भन्दै सरकारको तर्फबाट साझा स्रोत उपलब्ध गराउने उनको प्रतिवद्धता थियो ।

यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशव पण्डितले सरकारले भनेको आधारभुत स्वास्थ्य सेवामा रगतको पुर्ति पनि पर्ने हुदाँ स्रोत जुटाउन सबैले पहल चाल्नुपर्ने बताए । साथै स्थानिय सरकारले पनि यसमा चासो दिनुपर्ने उनले बताए ।

अधिकारकर्मी केशव कुमार शर्मा, शम्भु गौतम, जीतबहादुर केसी लगायतका व्यक्तिहरुले जनतामा जागरुकता ल्याउन आवश्यक भएको बताए । उनीहरुले नियमित रक्तदाताको पहिचान गर्ने, रगतको अभाव हुन नदिने, स्थानिय सरकारसँग पनि समन्वय गरेर रक्तदाता र आर्थिक सहयोग जुटाउने काम गर्नको लागि रक्तसंचाल केन्द्रलाई सुझाव दिए ।

यस्तै रक्तसंचार क्षेत्रमा काम गर्दै आएका भवन योगी, शङ्खर पाण्डे लगायतका व्यक्तिले पनि रक्तदाताको व्यक्तिगत विवरण संकलन गरेर आकस्मिक रगत संकलनको काम गर्न सुझाव दिएका थिए । साथै धेरै भन्दा धेरै जनताको काम पनि आवश्यक भएको उनीहरुको बुझाई थियो ।

कार्यक्रमको सहजिकरण प्रकाश श्रीबन्दले गरेका थिए भने रक्त संचारको अवस्था बारे रक्तसंचार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले जानकारी गराएका थिए ।

एक बर्षमा दुई हजार तीन सय युनिट रगत संकलन

दाङमा एक बर्षको अवधिमा दुई हजार तीन सय १६ युनिट रगत संकलन भएको छ । रक्त सञ्चार केन्द्र घोराहीका अनुसार गतबर्षको साउनदेखि हालसम्म जिल्लामा दुई हजार तीन सय १६ जना मानिसबाट उक्त रगत संकलन भएको हो ।

जसमा एक हजार आठ सय ८० पटक पुरुष र चार सय ३६ पटक महिलाहरुले रक्तदान गरेको रक्त सञ्चार केन्द्र घोराहीका प्राविधिक ठाकुर पौडेलले जानकारी दिए । पौडेलका अनुसार पुरुषहरुवाट सवैभन्दा धेरै रगत समुह ‘बि’ पोजिटिभ ६ सय १२ युनिट युनिट संकलन भएको छ । बि पोजिटिभको रगत समुहको माग धेरै हुने भएकाले संकलन समेत धेरै हुने गरेको बताए ।

त्यस्तै ‘ओ’ पोजिटिभ ५ सय ९८ युनिट, ‘ए’ पोजिटिभ चार सय ४१ युनिट र ‘एबी’ पोजिटिभ १ सय ७७ पटक महिलाहरुले रक्तदान गरेका छन । त्यस्तै ‘ए’ नेगेटिभ रगत समुह दश युनिट,‘ओ’ नेगेटिभ १७ युनिट, ‘बी’ नेगेटिभ समुह १८ युनिट र ‘एबी’ नेगेटिभ ७ युनिट संकलन भएको प्राविधिक ठाकुरले जानकारी दिए ।

रक्त संचार केन्द्र घोराहीमा महिलाहरुबाट ‘ए’ पोजिटिभ १ सय १२ युनिट, ‘बी’ पोजिटिभ १ सय ३१ युनिट, ‘ओ’ पोजिटिभ १ सय ४१ र ‘एबी’ पोजिटिभ ४३ युनिट एक बर्षमा संकलन भएको छ । त्यसैगरी ‘ए’ नेगेटिभ २ युनिट, ‘बी’ नेगेटिभ ३ युनिट र ‘ओ’ नेगेटिभ ४ युनिट संकलन भएको प्राविधिक पौडेलले जानकारी दिए ।

जसमा पुरुष भोलेन्टिअर रक्तदाता एक हजार चा र सय ७३ जना र महिला भोलेन्टिअर रक्तदाता संख्या तीन सय ६६ जना रहेका छन । त्यस्तै

त्यस्तै रिप्लेस रक्तदान पुरुष चार सय ७ जना र महिला ७० जना रहेका छन । दुई हजार तीन सय १६ जना रक्तदाताहरु मध्य १८–२५ उमेर समूहका नौ सय ८१ जना, २६–४० उमेर समूहका एक हजार एक सय २५ जना र ४१–६० उमेर समूहका दुई सय ८ जना रक्तदाता रहेका छन ।

यस्तै आर्थिक बर्ष २०७५÷७६मा संकलन भएको रगत १८ सय १८ सरकारी र ४६३ निजि अस्पतालमा पुर्ति भएको छ । यस्तै ६३ संघसस्थाले औपचारिक कार्यक्रमको आयोजना गरी रगत संकलनमा सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया