रोटरी क्लव अफ दाङको अध्यक्षमा पौडेल, समाजमा रुपान्तरण ल्याउने योजना

घोराही, १२ साउन | रोटरी क्लव अफ दाङको अध्यक्षमा तिर्थ पौडेल चयन हुनुभएको छ । बर्ष २०१८÷१९ का अध्यक्ष डा. निरन्जन आचार्यले बर्ष २०१९÷२० का लागि पौडेललाई बर्ष पद हस्तान्तरण गर्दै रोटरी क्लव अफ दाङमा नयाँ नेतृत्व चयन भएको हो ।

क्लवका प्रेसिडेण्ट इलेक्टमा डा. चेतनारायण पाण्डे, प्रेसिडेण्ट नोमिनीमा रजिव उल्लाह खान, उपाध्यक्षमा प्रदिप सुबेदी, महासचिबमा प्रदिप मजगैयाँ र कोषाध्यक्षमा भरतराज देवकोटालाई चयन गरिएको हो । नव निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरुले पद हस्तान्तरण पछि पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष डा. निरन्जन आचार्यले तुलसीपुरको शहिद स्मृती आवासिय विद्यालय वनकट्टी विद्यालयमा १२ वटा महिला मैत्री शौचालय निर्माण, विभिन्न स्वास्थ्य शिबिर, विद्यालयमा फिल्टर वितरण, सूचना बोर्ड स्थापना गरेको र मुटु रोगको उपचारका लागि क्याथल्याव सञ्चालनका विषयमा पहल थालेको जानकारी दिनुभयो ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष तिर्थ पौडेलले एक बर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य र महिलाहरुको नेतृत्व, सिप र क्षमता विकासका काम गर्ने योजना रहेको जानकारी दिनुभयो । विभिन्न सहयोगि दाताहरु सँगको समन्वय र स्थानिय सरकारको साझेदारीमा सामाजिक रुपान्तरणका लागि काम गर्ने उहाँको भनाई छ ।

घोराही उपमहानगरका १९ वटै वडाका एक एक विद्यालयलाई नमूना विद्यालय बनाउने, प्रसुती गराउने स्वास्थ्य चौकीहरुलाई आबस्यक सहयोग गर्ने र विषेश गरी जनजाती महिलाहरुको शसक्तिकरणका लागि काम गर्ने उहाँले योजना सुनाउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सामुहिकताबाटै गरिने कार्यले सफलता पाउने बताउनुभयो । संघसंस्थाहरु सँगको सहकार्य बाटै नगरको शिक्षा, स्वास्थ्य र महिला शसक्तिकरणमा रुपान्तरण ल्याउन स्थानिय सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले रोटरीलाई सामाजिक रुपान्तरणमा थप कृयाशिल भएर लाग्न सुझाब दिएका छन् । सामाजिक चेतनास्तरलाई बृद्धी गरी शिक्षा र स्वास्थ्यमा गरिने लगानीले नै दिर्घकालिन परिबर्तन ल्याउने बक्ताहरुको भनाई छ ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, रोटरीका एसिस्टेन्ट गभर्नर खुसल तर्ताल, नेपाल जेसीजका निवर्तमान अध्यक्ष श्रीधर बस्याल, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष श्रीधर महरा, दाङ जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष बसन्त जोशी, तुलसीपुर रोटरीका अध्यक्ष देवबहादुर केसी, रोटरी क्लव अफ दाङका पूर्ब अध्यक्ष कुमारराज श्रेष्ठ र बाबा फाउण्डेशनका टंक अधिकारी लगाएतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

राजिव उल्लाह खान र प्रदिप मजगैयाँले सहजिकरण गर्नुभएको कार्यक्रममा डा. चेतनारायण पाण्डेले धन्याबाद ज्ञापन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया