लक्ष्य अनुसारको राजश्व सकंलन भएन

यमकला भुसाल

तुलसीपुर,१२ साउन | आन्तरिक राजश्व कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्व १४ करोड १६ लाख ४७ हजार रुपैया राजश्व सकंलन गरेको छ । कार्यालयका कर अधिकृत युवराज अधिकारीका अनुसार बितेको आर्थिक वर्ष २०७५÷०७६ को साउन महिनादेखि असार मसान्तसम्ममा २ अर्व १४ करोड १६ लाख ४७ हजार रुपैया राजश्व सकंलन भएको हो ।

उहाँले गत वर्षको तुलनामा यस वर्ष ९ दशमलब २५ प्रतिशत बढी राजश्व सकंलन गर्न सफल भएको तर लक्ष्य अनुसारको राजश्व भने सकंलन गर्न नसकेको बताउनुभयो ।

आर्थिक वर्ष ०७५÷०७६ मा २ अर्व २१ करोड ३५ लाख राजश्व सकंलन गर्ने लक्ष्य राखेका थियौँ,अधिकृत अधिकारीले भन्नुभयोर्–तर यस वर्ष राजश्व सकंलनमा बृद्धि भएता पनि लक्ष्य भन्दा कम राजश्व सकंलन भएको छ । उहाँका अनुसार आर्थिक वर्ष २०७४÷०७५ लाई तुलना गर्दा आर्थिक वर्ष २०७५÷०७६ मा १९ करोड ८२ लाख १८ हजार रुपैयाले बढी राजश्व सकंलन भएको छ ।

कर अधिकृत अधिकारीका अनुसार यस वर्ष आयकर तर्फ १ अर्ब १४ करोड ५२ लाख ४१ हजार लक्ष्य लिएकोमा ९७ करोड ७४ लाख ६ हजार राजश्व सकंलन भएको छ ।

त्यस्तै घरबहाल करबाट ६० लाख ३८ हजार ३ सय रुपैया,व्याज करबाट २ करोड २८ लाख ४३ हजार, मुल्य अभिवृद्धि करमा ६६ करोड ५६ लाख ५१ हजार, अन्तशुल्क करबाट ४० करोड ९८ लाख २० हजार, स्वास्थ्य सेवा कर तर्फ २८ लाख ६४ हजार, र शिक्षा सेवा कर तर्फ ९३ लाख ३९ हजार राजश्व सकंलन भएको अधिकारीले जानकारी दिनुभयो ।

उहाँले घर बहालकर, स्वास्थ्य र शिक्षामा लिदै आएको कर, स्थानीय तहलाई जिम्मा दिएपछि लक्ष्य अनुसारको राजश्व सकंलन गर्न नसकिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया