समयमै कर नबुझाउने दाङका ६१ फर्म तथा व्यक्ति कारवाहीमा


तुलसीपुर, १२ साउन ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरले वितेको आर्थिक वर्षमा समयमै कर दाखिला नगर्ने ६१ फर्म तथा व्यक्तिलाई कारवाही गरेको छ । कार्यालय प्रमुख लिलाप्रसाद शर्माका अनुसार समयमै कर दाखिला नगर्ने ६१ फर्म तथा व्यक्ति कारवाहीमा परेका हुन् ।

समयमै कर दाखिला नगर्ने फर्म तथा व्यक्तिलाई शुन्य सहनशीलतामा आक्रामक रुपमा कारवाही प्रक्रियामा जाने गरेको प्रमुख शर्माले बताउनभयो । कारवाहीमा परेका फर्म तथा व्यक्तिका बैंक खाता रोक्कादेखि जग्गा, जमीन बिक्री वितरणमा समेत रोक लगाउने गरेको उहाँको भनाई छ ।

कार्यालयले वितेको आर्थिक वर्षमा करिब साढे ८ करोड बक्यौता रकम उठाएको छ । कार्यालय प्रमुख शर्माका अनुसार अझैपनि २० लाख बक्यौता रकम असुल्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया