तुलसीपुरमा सामुहिक ठगि काण्ड : महिला फरार

जीतसागर जी.एम.
तुलसीपुर, १२ साउन तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरकी जयमा बुढा र धादिङको साविक नौविसे–५ हाल गणेशपुरमा व्यवसाय गर्दै आएकी सपना श्रेष्ठ तामाङ चिनजान भएको लामो समय भएको छैन् तर छाटो अवधिमै चिनजानमा विश्वास बढ्दै गएपछि तामाङले शुरुमा ग्याँसको कारोबारमा समस्या परेको भन्दै बुढासंग ३० हजार लिइन् र केहि समयपछि भनेको समयमा दिइन् । सम्बन्ध बढ्दै गयो र केहिदिन २०÷२५ दिन अघिमात्रै तामाङले जयमा बुढासंग २ लाख ५० हजार मागिन् । कारण थियो भाई अमेरिका जाँदैछ, बिच बाटोमै अलपत्र परेको छ भनेपछि बुढाले १५ दिनका लागि २ लाख ५० हजार दिईन् ।

त्यसपछि असार २० गतेमात्रै उनिहरुको भेट भयो र बुढालाई सपनाले जग्गा बेचेर पनि रकम फिर्ता गर्ने बाचा गरिन्, त्यो समयसम्म पनि थाहा छैन् बुढालाई म ठगिदैँ त छैन् । तामाङको बाचालाई पर्खिरहेकी बुढाले त्यसको २४ घण्टा नबित्दै आफु ठगिएको थाहा पाइन् म ठगिएको रहेछु । यस्तै अर्का स्थानीय जाल्पादेवि दमाईले पनि तामाङलाई विभिन्न समयमा करिब चारपटक सम्म गरेर २ लाख रकम दिइन् ।

उनलाई पनि थाहा थिएन् ति हामीलाई ति महिलाले ठग्दै छ तर उनिपनि ठगिमा परेकी छन् । उनले ति महिलालाई आफ्नो मात्र नभई छोरी तथा आफन्तसंग सापट लिएर ठुलो रकम दिएकी हुन् । त्यतिमात्र नभई समुहबाट समेत लिएर दिएकी छन् । ‘एक पटक पनि होइन्, पटक–पटक गरेर हो २ लाख दिएको तर मलाई थाहा थिएनक कि ति महिलाले हामीलाई ठग्दै छ, अहिले सबै गाँउले पैसा दिएको थाहा पाएपछि थाहा भयो हामी त ठगिएका रहेछौँ ’ उनले भनिन्—‘ हामी त ठगीमा प¥यौँ तर अरुपनि यस्तो समस्यामा नपरुन् ।’

ठगिनेमा अधिकांश महिलाहरु परेका छन् । ति मध्ये कतिपयले श्रीमानसंगकै सल्लाहमा दिएका छन् भने अधिकांशले सल्लाहबिनै महिलालाई दिएका छन् । लोभले लाभ लाभले विलाप भनेझैँ व्याज पाउने आशामा लाखौँ रकम फसाएपछि अहिले समस्यामा परेका छन् । यतिसम्मकी भाडामा बस्ने समेत यो घटनामा पिडित बनेका छन् ।

रुकुमकी कमला खड्का पनि गणेशपुरमा ३ वर्षदेखि बस्छिन् । करिब २ वर्षअघि ति महिलासंग चिनजान भएपछि उनले पनि सानो रकम हुँदै कारोबार शुरु गरिन , रकम असुल पनि भयो तर अहिले अन्तिममा १० आनाको सुन दिएपछि भने तामाङ अहिले फरार भइन् । ‘चिनजान भएको २ वर्ष भयो, शुरु—शुरुमा त समयमै रकम फिर्ता भयो, सायद सानो रकम भएर होला, तर अहिले ठुलो मूल्यको सुन लिएर फरार भएपछि समस्या परेका छौँ’ उनले भनिन्–‘भाडामा बसेको छु , तर के गर्नु यति ठुलो रकममा ठगिमा परेका छौँ, के गर्नु बावु दशा लागेका त होलानी ।’

सामुहिक रुपमा लाखौँ रुपैया ठगिएका खबरहरु विभिन्न सन्चारमाध्यमा विभिन्न समयमा आउने छ । पछिल्लो समय तुलसीपुर–७ गणेशुपुरमा पनि यस्तै भएको छ । धादिङ नौबिसे –५ का सपना श्रेष्ठ तामाङ गणेशपुरका स्थानियसंग लाखौँ रुपैँया लिएर सम्पर्कबिहिन भएकी छन् । गणेशपुरमा करिब १४ वर्षअघिदेखि बस्दै आएकी तामाङले विभिन्न बहानामा स्थानियसंग लाखौँ रुकम लिएर फरार भएपछि उनको खोजिका लागि पहल गरिदिन र आफुहरु जस्तै अरुपनि ठगिमा नरोस भनेर स्थानियले आग्रह गरेका छन् ।

तामाङले स्थानिय एउटै व्यक्तिसंग ५ हजार देखि २९ लाख सम्म लिएको तथ्य फेला परेको छ । व्यवसाय गर्दै आएकी तामाङ लाखौँ रुपैया लिएर फरार भएपछि व्याजको आशामा ति महिलालाई रकम दिने स्थानिय समस्यामा परेका छन् ।

‘चिनजान थियो, धादिङको भएपनि यतै व्यवसाय गर्ने भा कारणले हामीले उसलाई बिरानो कहिल्यै सोचेनौँ, उ एक्लै बस्ने भएको कारणले कहिलेकाँही बिरामी परेको समयमा खाना समेत दिन्थ्यौँ , हामीलाई त थाहा भएन त्यो आइमाईको काम यस्तो रहेछ ’ अर्का पिडित पवित्रा भट्टराईले भनिन्–‘हामीसंग कुनै प्रमाण पनि छैन्, अब कसरी पाईएला र पैसा ?’ रकम दिनेहरुले अधिकांशसंग कुनै प्रमाण राखेका छैन् । प्रमाण नहुँदा न्यायिक निकायले पनि मुद्धा लिन नमानेको स्थानीयले बताएका छन् ।

को हुन् सपना ?
सपना श्रेष्ठ तामाङ नौबिसे–५ धादिङकी ३८ वर्षिय विवाहित महिला हुन् । आज भन्दा करिब १४ वर्षअघि सल्यानरोड कालोपत्रे हुने समयमा उनका श्रीमानसहित उनिहरु तुलसीपुरमा आएका थिए । उनका श्रीमान कालोपत्रे गर्ने जिम्मा लिएको कम्पनिको गाडीका चालक थिए । तुलसीपुरमा भाडामा बस्दै आएका उनिहरु शुरु–शुरुमा निकै राम्रो चालचलन थियो र स्थानीयले पनि उनिहरुलाई छोटो समयमै विश्वास गरे । सपनाका श्रीमान त्यसबिचमा विदेश आउने–जाने गरिरहे । सपना भने तुलसीपुर–७ गणेशपुरमा किराना पसल गर्दै आएकी थिइन् । करिब ५÷६ वर्ष भयो सपनाका श्रीमान मलेशिया गएर फर्किएका छैनन् ।

स्थानीयले उनिलाई क्रमश विश्वास बढ्दै गएपछि सपनाले जग्गा किन्ने बहानामा स्थानीय विभिन्न महिलासंग रकम असुल्न थालिन् । शुरु–शुरुमा उनले २÷४ हजारको मात्रै कारोबारी गरेपछि उनले सहजै रकम फिर्ता गरिन् । यसरी उनले रकम बढाउँदै लागिन् २÷४ हुँदै २०÷३० हजारबाट लाखौँमा लागिन् । ‘स्थानीयलाई थाहा भएन् मैले भरी सबैलाई भन्ने गरेको थिँए सपनाले म संग १ लाख लगेको छ भनेर भन्थेँ तर अरु कसैले खोल्न चाहेनन्’ काँशीराम भण्डारीले भने —‘सायद एकले अर्कोलाई कुरा गरेको भएपनि आज यो समस्यामा पर्ने थिएनौँ’ ।

स्थानीयको अनुसार गएको वर्ष २०७५ सालको माघदेखि विभिन्न प्रलोभन देखाएर रकम बढाउँदै लगेको थिइन् । सपनालाई रकम दिएका मानिसहरु बढ्दै गएका छन् । अझैपनि एकिन तथ्याङ् आएको छैन् । दैनिकरुपमा पिडितहरु आउने क्रम चलिरहेको छ । सपनाले अधिकांश महिलालाई नै प्रलोभनमा पारेर लाखौँ रकम लिएकी छन् । स्थानीयकाले दिएको जानकारी अनुसार सपनाले करिब १ करोड बढी रकम लिएर फरार भएकी छन् ।

ति महिलाले अपाङ्गता भएका डम्बरलाई पनि संगै लिएर गएको तर डम्बर फर्किसकेका छन् । बोल्न नसक्ने अपाङ्गताका डम्बरले बताए अनुसार ति महिला भारतको सिम्लामा गएको अनुमान छ । सिमानाकामा ति युवकलाई प्रयोग गरेर फरार भएको अनुमान गरिएको छ । स्थानीयले ति महिलाले तुलसीपुरमै करिब ६ लाख बराबरको जग्गा पनि खरिद गरेको बताएका छन् । उनका श्रीमानसंग पनि कुनै सम्पर्क हुन सकेको छैन् ।।

तपाईको प्रतिक्रिया