दाङमा नयाँ खेल भित्रियो, प्रदेश स्तरिय प्रशिक्षण सुरु

मासर्ल आर्टका २२ वटा प्रकारहरु सबै मिसिएको अर्को खेल दाङमा भित्रिएको छ । विश्वव्यापी रुपमा निर्कै चर्चा कमाएको ‘ह्याप्कीडो’ नामक नयाँ खेल जिल्ला भित्रिएको हो ।


पहिले कराँते, तोकान्दो जस्ता खेल मात्र हुने दाङमा नयाँ खेलका रुपमा ‘हाप्कीडो’ जिल्ला भित्रिएसँगै यसको प्रशिक्षण पनि सुरु भएको छ ।
जिल्ला हप्कीडो संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रदेश भरीका खेलाडीहरु नयाँ खेलको तौरतरिका सिक्न दाङमा भेला भएका छन् । प्रदेश नम्वर ५का करिव १०० बढी खेलाडीहरु शुक्रवार र शनिवार दुइदिनसम्म हाप्कीडोको खेलको बारेमा जानकारी लिने छन् ।


यसैबीच ह्याप्कीडो खेलको प्रदश स्तरिय प्रशिक्षण कार्यक्रममा प्रतिनीधिसभाका सदस्य मेटमणि चौधरीले उत्घाटन गरेका छन् । खेलका उत्घाटन गर्दै नेकपा नेता चौधरीले नयाँ खेललाई स्थापित गर्नको लागि आग्रह गरे । कार्यक्रममा ‘हाप्किडो’ संघ दाङका सल्लाहाकार खगेश्वर घर्तीले हाप्कीडो मार्फत राष्ट्रियलाई चिनाउने अवसर मिलेको बताए । साथै उनले हाप्कीडो जिल्लामा नयाँ खेल भएको हुँदा प्रशिक्षण कार्यक्रमको लागि सहयोग जुटाउनै गाह्रो भएको बताए ।

खेलकुद विकास समितिका अध्यक्ष कैलाश रोकामगरले जिल्लामा सुस्तसुस्त खेलकुदको विकास हुदै गएको भन्दै खुसि व्यक्त गरे । उनले खेलले व्यक्तिलाई अनुसासित बनाउने, आत्मरक्षाको लागि सहयोग गर्ने पनि बताए । कार्यक्रममा बङ्गलाचुलि गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले खलेले व्यक्ति र राष्ट्रलाई चिनाउनमा भुमिका खेल्ने बताए ।

यस्तै कार्यक्रममा हाप्कीडो संघका केन्द्रिय उपाध्यक्ष नारायणप्रसाद पौडेलले हप्कीडोको बारेमा जाकारी गराएका थिए । उनले जिल्लामा यस नयाँ खेललाई चिनाउनको लागि, खेललाई अगाडी बढाउन सबैले सामाजिक आर्थिक सहयोग गर्नुपर्ने बताए ।  जिल्ला अध्यक्ष भुवन बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पत्रकार छवि पुरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया