तुलसीपुरमा तीन करोडको लागतमा डेरि उद्योग संचालन हुने

तुलसीपुर, ११ साउन | दाङको तुलसीपुरमा करिब ३ करोडको लागतमा तुलसी डेरी उद्योग संचालन हुने भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौ परियोजनाको रुपमा तुलसी डेरी उद्योग संचालनमा ल्याउन लागेको हो । दुग्धजन्य सामाग्रि उत्पादन तथा बजारीकरणका लागि दुग्ध प्रशोधन केन्द्र तुलसी डेरी उद्योग संचालन गर्न लागेको संस्थाका अध्यक्ष शुक्तराज भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश सरकारको २० लाख अनुदान , तुलसीपुर उपमहानगरपालिकाको ४५ लाख ऋण सहयोग र बाँकी संस्थाको २ करोड ३० लाखको लागतमा उद्योग संचालनमा आउने भएको हो । उद्योग संचालनका लागि करिब ३ कठ्ठा जग्गा खरिद गरिसकेको र अन्य आवश्यक उद्योग सामाग्रि खरिद गरिसकेको अध्यक्ष भण्डारीले बताउनुभयो । यसै वर्षको अन्तिम सम्ममा संचालनमा ल्याउने आवश्यक संरचना निर्माण गरिरहेको उहाँको भनाई छ ।

तुलसीपुरमै पहिलो पटक संचालनमा आउन लागेको डेरी उद्योगले दुग्धजन्य सामाग्रि उत्पादन तथा बिक्रि वितरण गर्ने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उद्योगले किसानले उत्पादन गर्ने दुग्धजन्य सामाग्रिको बजारीकरणमा सहयोग पुग्ने छ । उद्योगले साउन १ गतेदेखि दुध संकलन तथा विक्रिवितरण भने शुरु गरिसकेको छ । यसैबिच आज तुलसीपुर उपमहानगरपालिकाले संस्थालाई आगामी ३ वर्षभित्र फिर्ता गर्नेगरी ४५ लाखको चेक हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीलाई नगरप्रमुख घनश्याम पाण्डेले ४५ लाखको चेक हस्तारण गर्नुभएको हो । चेक हस्तारणगर्दै नगरप्रमुख पाण्डेले डेरी उद्योगले कृषि प्रवद्र्धनमा ठुलो सहयोग पु¥याउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया