प्रदेश स्तरीय बुद्धिचाल खेल सम्पन्न

प्यूठान, साउन  । पाँच नम्वर प्रेदश स्तरीय बुद्धिचाल(चेस) प्रतियोगिता प्यूठानमा सम्पन्न भएको छ । प्यूठान नगरपालिका– ४ पुण्यखोला स्थित कवर्ड हलमा सम्पन्न प्रतियोगितामा प्रथम सुमन श्रेष्ठ (रुपन्देही), द्धित्तिय प्रेम बहादुर सोमै (बाँके), तृत्तिय समन गाह मगर (रुपन्देही), चौथो शिखर रेग्मी (रुपन्देही) र पाँचौ सुरेश चौधरी(बाँके), छैठौं सुवेश श्रेष्ठ (पाल्पा), सातौं विरेन्द्र कुमार श्रेष्ठ (परासी) हुनुभएको छ ।


विजेताले क्रमशः १५ हजार, १० हजार, ६ हजार, ५ हजार, ४ हजार र २÷२ हजार नगद सहित पुरस्कार प्राप्त गरेका छन् । बेस्ट प्यूठान धनराज खड्काले २ हजार नगद सहित पुरस्कार प्राप्त गर्नुभएको छ ।


प्रतियोगितामा पाल्पा, रुपन्देही, परासी, कपिलवस्तु, बाँके, बर्दिया र प्यूठानका गरी २० जना खेलाडीले सहभागीता जनाएका थिए । तीन दिनसम्म चलेको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले गर्नुभएको थियो ।

विजेता खेलाडीलाई मदन भण्डारी फाउन्डेशनका अध्यक्ष अजयसिंहले पुरस्कार वितरण गर्नुभएको । सो अवसरमा नेत्रमणी आचार्यको अध्यक्षतामा प्यूठान जिल्ला चेस संघ गठन भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्यूठानको आयोजना तथा मदन भण्डारी फाउन्डेशनको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया