देउखुरी डान्सिङ्ग स्टार सिजन ‘थ्रि’ लमहीमा सुरु


देउखुरी, ४ साउन  | देउखुरी डान्सिङ्ग स्टार सिजन थ्रि लमहीमा सुरु भएको छ । जे.पि.के प्रोडोक्सनले आयोजना गरेको देउखुरी डान्सिङ्ग स्टार सिजन थ्रिको लमही नगरपालिकाका प्रेस संयोजक शिवु खनालले एक कार्यक्रमका बिच रिभन काटेर उद्घाटन गर्नु भएको हो ।


कार्यक्रमको उद्घाटन गर्दै नगरपालिका प्रेस संयोजक खनालले कलाकारीता क्षेत्रको माध्यमबाट भेषभुषा, भाषा धर्म जोगाउन कलाकर्मीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका खनालले कलाकारीता क्षेत्रबाट लोप हुन लागेका पुराना गित संग्रह र गित संगितको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।


देउखुरी डान्सिङ्ग स्टार सिजन थ्रिमा दाङ सहित देउखुरीका विभिन्न स्थानबाट करिब एक सय तिसजनाको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रथम हुनेलाई नगद पचाँस हजार, दितिय हुनेलाई नगद तिस हजार र तृतिय हुनेलाई नगद विस हजार पुरस्कार सहित प्रमाणपत्र रहेको छ । कार्यक्रमको सहजिकरण दिपक वर्मा र रितिका खनालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया