प्रतिष्ठानले मनायो भानुजयन्ती

तुलसीपुर, २९ असार

आइतबार विश्वभर छरिएर रहेका नेपाली भाषीहरुले २०६ औं भानुजयन्ती विभिन्न कार्यक्रमका साथ मनाएका छन् । भानु जयन्तीकै अवसर पारेर नेपालमा पनि देश भित्र र बाहिर रहेका साहित्यिक संस्थाहरुको जमघटमा भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

भानुजयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन पत्रमार्फत् सम्मान गरिएको छ । सम्मानपत्र प्रदान गर्दै उपप्रधान एवम् रक्षामन्त्री पोखरेलले भानु जयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको बताए । कार्यक्रममा राष्ट्रकवि घिमिरेले आदिकवि भानुभक्त आचार्य विश्वभर छरिएर रहेका नेपालीलाई एउटै शुत्रमा बाध्ये पुजनीय ब्यक्तित्व भएको बताए ।

भानु जयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उहाँकी धर्मपत्नी महाकाली घिमिरेलाई रथारोहण पनि गराइएको थियो । काठमाडौंको कमलादीस्थित भानुभक्तको शालिकमा पनि माल्यार्पण गरिएको छ । भानुभक्त आचार्यले रामायणलाई नेपालीमा अनुदान गरेर भानुभक्तले नेपाली भाषालाई एकताको सुुत्रको बाँध्न पु¥याउनु भएको योगदान अतुलनीय रहिआएको छ । यसैबीच आइतबार दाङमा पनि भानुभक्त आचार्यको २०६ औँ जयन्ती मनाइएको छ । दाङ साहित्य तथा प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरेर भानु जयन्ती मनाएको हो ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको अध्यक्षता तथा पुरस्कार संस्थापक तथा पूर्व अध्यक्ष भुवनेश्वर आचार्यको प्रमुख आतिथ्यतामा भएको भएको हो । कार्यक्रममा विभिन्न साहित्यकारहरुले आफ्नो साहित्यिक रचना वाचन गर्दै आचार्यले नेपाली साहित्यमा गरेको योगदान महत्वपूर्ण भएको बताएका थिए ।

कार्यक्रममा वृद्ध सेवा समिति तथा जेष्ठ नागरिक सेवा समिति तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी, साहित्यकार नवराज रजौरे, ललित वली, पूर्व प्रचार्य विष्णुप्रसाद आचार्य, छविकिरण वली, श्रीधर शर्मा, अमृता शर्मा, लक्ष्मी देवकोटा , पे्रमराज पाण्डे, संगिता उपाध्याय लगायतले कविता वाचन गरेका थिए । प्रतिष्ठानका सदस्य श्रीधर शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेमराज पाण्डेले गरेका थिए ।

तपाईको प्रतिक्रिया