दलित महिला संघको योजना सम्बन्धि अभिमुखिकरण

तुलसीपुर, असार २९ ।
दलित महिला संघ दाङले योेजना निर्माण सम्बन्धि अभिमुखिकरण तालिम गरको छ । विकास निर्माणमा समान सहभागिता बढाउन संघले आईतबार तुलसीपुरमा योजना निर्माणसम्बन्धि अभिमुखिकरण गरेको हो ।

दलित महिला संघ दाङका अध्यक्ष युवा काराराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विकास निर्माणमा अझैपनि समान सहभागिता हुन नसकेको बताएका थिए । उनिहरुले अहिले पनि भनसुनकै भरमा योजना छनौट हुने गरेको भन्दै विकासमा समान सहभागीता बनाउन नागरिक पनि सचेत हुनुपर्ने बताए । तालिम समापन कार्यक्रममा तुलसीपुर उपमहानगरालिका वडा नम्बर २ की सरीता विक , वडा नम्बर ८ की गौमती सार्की , ९ की पाण्डवी नेपाली र १२ नम्बर वडाकी टिका विक।, प्रशिक्षार्थीको तर्फबाट अमृता विक लगाएतकाले संघले आयोजना गरेको योजना निर्माण सम्बन्धि तालिमले समान विकासका लागि सहयोग पुग्ने बताए ।

उनिहरुले कार्यक्रममा समाजमा जातिय विभेद जब सम्म निर्मुल हुदैन तव सम्म समाज परीवर्तन हुन नसक्ने कुुरामा जोड दिएका थिए । विभिन्न वडाका दलित महिला सदस्य तथा महिलाहरुको सहभागिता रहेको थियो । समग्र विकासको अवरोध, जातिय तथा लैङगिक विभेद भन्ने मुल नाराका साथ सुरु गरिएको तालिममा ४० जना महिलाको सहभागिता रहेको थियो भने प्रशिक्षकमा दलित अधिकारकर्मी निर्मल नेपाली रहेका थिए ।

तपाईको प्रतिक्रिया