राप्ती लाईफले विपन्नलाई दियो निशुल्क सेवा

 तुलसीपुर, २९ असार

दाङको तुलसीपुरमा रहेको राप्ती लाइफ केयर हस्पिटलले चालुवर्षमा करिब १ सय जना विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । हस्पिटलले आर्थिक अभावका कारण उपचारमा समस्या भएका ९६ जनालाई निशुुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।

तुलसीपुरमा करिब एक दशक भन्दा बढी स्वास्थ्य सेवा प्रदान गरिरहेको हस्पिटलले हरेक वर्ष १० प्रतिशत विपन्न नागरिकलाई निशुल्क सेवा दिने नीति अन्तर्गत ५५ शैयामा ५ शैयामा निशुल्क उपचार हुने गरेको हस्पिटलका कार्यकारी अध्यक्ष हरि रिजालले जानकारी दिए । हस्पिटलले नाफा भन्दा पनि सेवामूखि रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको उनले बताए । उनले आफुहरु नागरिक उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेशस्तरकै अस्पतालमा निर्माण गर्न लागेको पनि बताए ।

आगामि वर्षदेखि अस्पतालको भवन निर्माणको काम अघि बढ्ने समेत अध्यक्ष रिजालले बताए । हस्पिटलले चालुवर्षमा ४ सय ९१ जनाको जटिल प्रकृतिको अप्रेशन गरेको छ भने ९ सय १२ जनाको सामान्य अप्रेशनको सेवा प्रदान गरेको छ । यसैबीच हस्पिटलले आयोजना गरेको दुईदिने निशूल्क जाँच शिबिरमा ३ सय ६९ जनाले सेवा लिएका छन् । अस्पतालले शनिबार र आइतबार संचालन गरेको शिबिरमा १ सय २३ जनाले पेट तथा छाति सम्बन्धि जाँच गराएका छन् ।

त्यस्तै हाडजोर्नी तथा नसासम्बन्धि १ सय १२ जनाले निशुल्क जाँच गरेको हस्पिटलका निर्देशक जीवन भण्डारीले जानकारी दिए । त्यस्तै ८० जनाले स्त्रिरोग सम्बन्धि र ५४ जनाले विभिन्न प्रकृतिका रोगको निशुल्क जाँच गरेको निर्देशक भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया