दाङमा पेट्रोलियम पदार्थको अभाव

यमकला भुसाल,

तुलसीपुर,२९ असार | दाङमा गत बुधवारदेखि पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख सुजित पोख्रेलका अनुसार गत बुधवार २५ गतेदेखि जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको हो ।

मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायीको हट्तालका कारण ४ दिन देखि दाङमा तेलको ल्याउन नसकेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिनुभयो । ट्याङ्कर व्यवासायीको विगत देखिकै समस्या हो,पानी पर्दा चिसोले टेम्पेचर अत्याधिक लस हुने । यसकै कारणले गर्दा उनीहरुले पटक पटक आम हट्तालहरु गरिरहेका छन,उहाँले भन्नुभयो । उनीहरुले अनिश्चितकालिन हट्ताल गरिरहेका छन ।

ट्याङकर व्यवसायीहरुले यस अघि पनि असारको पहिलो साता आम हट्ताल गरेका थिए । आफ्ना माग पुरा नभएको भन्दै उनीहरु पुनः आन्दोलन थालेको प्रमुख पोख्रेलले बताउनुभयो ।

यस्तै उहाँका अनुसार दाङमा गत बुधवार २५ गते १ लाख २० हजार लिटर डिजेल,२० हजार लिटर पेट्रोल र २० हजार लिटर मट्तिेल आएको थियो । उक्त तेल जिल्लाका सबै पेट्रोल पम्पहरुमा बितरण गरिएको थियो ।

यस्तै नेपाल आयल निगम सञ्चालक समितीले भने साउन १ गते मात्र बैठक बसी निर्णय गर्ने बताएको छ,कार्यालय प्रमुख पोख्रेलले भन्नुभयो,–त्यसपछि बार्ता मिलेपछि मात्र २ गते देखि जिल्लामा तेल आउने छ । अहिले जिल्लाका पेट्रोल पम्पहरुमा तेलको अभाव भएको उहाँको भनाई छ ।

साथै उहाँले जिल्लाका बिक्रेताहरुलाई तेल ल्याउनु परेमा सिधै नेपालगञ्ज जान आग्रह समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया