रोटरि क्लब तुलसिपुरको अध्यक्षमा केसि र रोट्रयाक्ट क्लबको अध्यक्षमा राई निर्वाचित


शरद रेग्मी
दाङ,अषाढ  | रोटरि क्लब अफ तुलसिपुर सिटिको अध्यक्षमा तुलसिपुरका युवा ब्यबसायि देबबहादुर केसि निर्बाचित हुनुभएको छ। तुलसिपुरको होटल वेष्टन प्यालेसमा आयोजित विशेष समारोहमा बर्षका लागि युवा ब्यबसायि केसि सर्बसम्मत रुपमा चयन हुनुभयको हो ।


त्यसैगरि रोट्रयाक्ट क्लब अफ तुलसिपुरको अध्यक्षमा युवा ब्यबसायि नवीन राई सर्बसम्मत रुपमा चयन हुनुभएको छ । आयोजित सपथ कार्यक्रममा दुवै जना नब निर्बाचित अध्यक्षहरुले समाज सेवामा सधैंभरि हातेमालो गरेर अगाडि बढने प्रतिबद्दता ब्यक्त गर्नुभयो थियो ।
कार्यक्रममा उहाहरुले एक बर्ष सम्म आफुहरुले सञ्चालन गर्ने अभियान र सामाज सेवाका कार्यक्रमहरु सार्बजनिक गर्नुभएको थियोे ।


पुर्ब एजि कुशल तर्तालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा रोटरि क्लबका निबर्तमान अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ ,रोट्रयाक्ट क्लबका निबर्तमान अध्यक्ष रुपेश शर्मा,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी,तुलसिपुर नगर ज्सिजका अध्यक्ष मेघराज घिमिरे ,आर सिसि कासिपुर भिलेजका अध्यक्ष चुडामणिा केसि,लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा पुर्व अध्यक्षहरु अनुप कुमार श्रेष्ठ , तुफानबाबु श्रेष्ठ ,बिमल रिजाल,बिरु रावत,बिजय केसि,ललित बहादुर घर्ती,निबर्तमान महासचिव बिनिल केसि,रोट्रयाक्ट क्लबका निबर्तमान महासचिव कमल डागि लगायतले क्लबलाई अगाडि बढाउन आफुहरु सदैब सहयोगीको भुमिका खेल्ने बताएका थिय ।कार्यक्रमको सहजिकरण महासचिव सन्दिपन रिजालले गर्नुभएको थियोे ।

तपाईको प्रतिक्रिया