अविरल वर्षाले जनधनको क्षति


तुलसीपुर, २८ असार ।
दाङसहित देशभर अविरल वर्षाले जनधनको क्षति पुर्याएको छ । गृहमन्त्रालयको विवरण अनुसार हालसम्म २१ जनाको मृत्यु भएको छ । १३ जना वेपत्ता हुनुका साथै ११ सय ७५ जना विस्थापित भएका छन् । सबैभन्दा बढी काठमाडौं र खोटाङमा तीन तीन जनाको मृत्यु भएको छ । काभ्रेमा दुई जनाको मृत्यु भएको छ । भोजपुर, रामेछाप, सिन्धुली, ललितपुर, मकवानपुर, धादिङ र पर्सामा एक एक जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ ।

अविरल वर्षाले बाढीले मोरङ्ग, सुनसरी, महोत्तरी, पाँचथर, काठमाडौं र इलाममा एक एक जना वेपत्ता भएका छन् । रौतहटमा पाँच, सिराहा र काभ्रेमा दुई, सर्लाही, खोटाङ, रामेछाप र ललितपुरमा एक एक जना घाइते भएका छन् ।

सबैभन्दा बढी मोरङ्गमा एक हजार घरपरिवार वेपत्ता भएका छन् । बारामा एक सय ७५ घरपरिवार वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । कुल एक सय ५३ जनाको उद्दार गरिएको छ ।

देशभर मनसुन सक्रिय रहेको र पूर्वी तराई तथा मध्य तराईको पूरै क्षेत्रमा वर्षाको प्रभाव रहेको छ । पहाडी क्षेत्रमा पहिरो र पर्खाल मृत्युको कारण बनेको गृहले जनाएको छ ।

शहर देखी गाउँ सम्मका सडक जोखिम
अविरल वर्षाका कारण दाङ सहित देशभरको जनजीवन प्रभावित भएको छ । दाङमा अबिरल बर्षापछि नदि तथा खोलाहरुमा आएको बाढीले यातायात सेवा प्रभावित हुदै आएको छ भने विभिन्न ठाउँहरुका गाउँहरु जलमग्न भएका छन् ।

यसैक्रममा घोराही कटुवाखोला पुलको पूर्ब तर्फ फिलिङ गरेको माटोमा गाडीहरु भासीदा समस्या सृजना भएको छ । पुल निर्माण व्यवसायीले माटो सहितको छर्रि हालेपछि समस्या सृजना भएको हो । समयमै सडक निर्माण तथा मर्मत नहुदा बर्षायाममा नागरिकले सास्ती पाउने क्रम रोकिएको छैन् । सामान्य खाल्डाखुल्टी पुर्ने देखी लिएर ग्राभेल सम्म नगर्दा सहर देखी गाउँ सम्मका नागरिकहरुले बर्षायाममा सास्ती पाउने गरेका छन् ।

स्थानिय सरकार आए सँगै थालिएको सडक बिस्तार तथा निर्माणको काम जारी रहदा पनि सडकहरु हिलाम्य र जोखिमपूर्ण बनेका छन् । गाउँ गाउँमा सडकहरुमा खाल्डा एवं हिलाम्य हुदा आवतजावतमा निकै समस्या भएको खबरहरु प्राप्त भएका छन् । बजार क्षेत्रमा उचित ढल निकास नहुदा घरमा पनि पस्ने देखी लिएर बजार नै जलमग्न हुदै आएका छन् ।

अर्को तर्फ पुलहरु समयमै बन्न नसक्दा बर्षेनी हुदै आएको समस्या दाङमा यसबर्ष पनि दोहोरीएको छ । आधा दर्जन पुलहरु निर्माणाधीन अबस्थामा रहेका छन् । जस्का कारण यातायातका साधन र पैदलयात्रुलाई निकै सास्ती हुदै आएको छ । तीनदिन देखिको अबिरल बर्षाले शहर देखी गाउँ सम्मका नागरिकहरुलाई आवतजावतमा समस्या निम्त्याएको छ ।।

तपाईको प्रतिक्रिया