प्रेममा धोका पाएपछि आत्महत्याको बाटो रोज्ने यी ५ अभिनेत्री

एजेन्सी । धेरै सेलिब्रेटीहरुको सार्वजनिक तथा निजी जीवन रंगिन हुन्छ । तर, केही सेलिब्रेटीहरु सार्वजनिक रुपमा मात्रै निकै खुसी देखिन्छन् तर, व्यक्तिगत जीवनमा भने निकै कुण्ठा तथा पीडा बोकेर हिडिरहेको हावी पाउँछौं । कतिपयले त सार्वजनिक रुपमा नै आफ्ना पीडाहरु पोख्दै आएका छन् भने कतिपय सेटिब्रेटीहरु आत्महत्या गर्नसम्म पुगेका छन् ।

यसै हप्तामात्रै नेपाली अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाको पारिवारिक झगडा बाहिर आयो । घटना प्रहरीसमक्ष पुगेपछि बिहीबार दुवै पक्षबीच मेलमिलाप भएको छ । तर, आज हामी बलिउडका केही अभिनेत्रीहरु जसले प्रेमीको लागि ज्यानै दिएको बारेमा चर्चा गर्दैछौं ।

विवेका बाबाजी

 

अभिनेत्री विवेका बाबाजीले पनि प्रेमीकै कारण आत्महत्या गरिन् । सन २००२ को चर्चित फिल्म ‘ये कैसी मोहब्बत’ की अभिनेत्री बाबाजीले सन् २०१० मा आफ्नै कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

प्रत्यूषा बनर्जी

चर्चित धाराबाहिक टेलिश्रृंखला ‘बालिका बधू’ बाट लोकप्रिय बनेकी अभिनेत्री प्रत्यूषा बनर्जीले  झुन्डिएर आत्महत्या गरेकी थिइन् । भारतीय संचार माध्यामका अनुसार उनले प्रेमीबाट धोका पाएपछि उनले पंखामा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

सिल्क स्मिता

बोल्ड अभिनेत्रीको छवि बनाएकी सिल्क स्मिताले पनि २३ सेप्टेम्बर १९९६ मा आत्महत्या गरेकी थिइन् । करिअर र प्रेम सम्बन्धमा समस्या आएपछि उनले यो कदम उठाएको बताइन्छ ।

जिया खान

अभिनेत्री जिया खानले पनि सन् २०१३ मा प्रेम सम्बन्धकै कारण उनले प्राण त्यागेकी थिइन् । अभिनेता सुजर पञ्चोलीसँग सम्बन्ध विग्रिएपछि उनले आत्महत्या गरेको बताइन्छ ।

दिब्या भारती

प्रेम सम्बन्धकै कारण संसार त्याग्ने अभिनेत्रीको सूचीमा दिब्या भारती पनि हुन् । उनले १९ वर्षको उमेरमै संसार त्यागेकी थिइन् । प्रेम सम्बन्ध टुक्रिएपछि उनले ५ तले भवनबाट हाम फालेर आत्महत्या गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया