दाङमा जंगली च्याउ खाँदा तीन जना बिरामी

दाङ, असार २६ । दाङमा जंगली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । वर्षातको मौसमसंँगै जंगलमा पाईने च्याउ खाएर बुधबार दाङ घोराही १३ डुम्बरगाउँका २१ बर्षीय स्वदेशी घर्ती, सोही ठाउँका ४७ बर्षीय माया रोका र सोही ठाउँकै ३४ बर्षीय दमय रोका बिरामी परेका हुन् ।

उनीहरुलाई बुधबार नै उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार उनीहरुको अबस्था सामान्य रहेको छ ।

लामो समय खडेरी परेपछिको वर्षातले जंगलमा उमारेको जुनसुकै च्याउ खाँदा ज्यानै जान सक्ने भएकाले चिनेर मात्रै च्याउ खान चिकित्सकहरुले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया