यस्तो बन्यो लमहीको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (फोटो फिचर)

शिवु खनाल

दाङ, असार २६ । दाङको लमहीमा निर्माणाधीन क्रिकेट मैदानको निर्माणकार्यले तीव्रता पाएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको मापदण्डमा बन्न लागेको उक्त मैदानको निर्माण कार्य अहिले तीव्ररूपमा अगाडि छ ।

आर्थिक वर्ष २०५७/५८ मा मैदानको निर्माण शुरू गरिए पनि विभिन्न समस्याका कारण निर्माण कार्यले तीव्रता पाउन सकेको थिएन । करीब ३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त मैदानको पूर्णरूपमा काम सम्पन्न गर्न झण्डै रू. २३ करोडको स्टीमेट गरिएको छ ।

नगर विकास समिति लमहीले २३ करोड रुपैयाँको गुरुयोजनासमेत निर्माण गरिसकेको छ । यो क्रिकेट मैदान निर्माण भएमा दाङकै नमूना र ठूलो खेलमैदान हुनेछ । अहिलेसम्म मैदानका लागि विभिन्न क्षेत्रबाट करीब रू। २ करोड लगानी भइसकेको छ ।

 

 

तपाईको प्रतिक्रिया