लमहीमा सिभिल बैंकको शाखा विस्तार

शिवु खनाल

देउखुरी, २६ असार | लमहीमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । विहिवार लमहीमा सिभिल बैंकले ९४ औँ शाखाको रुपमा आफ्नो शाखा विस्तार गरेको हो । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले ९४ औँ सिभिल बैंक लमही शाखाको उद्घाटन गर्नु भएको हो ।

सिभिल बैंकका लिमिडेट प्रदेश नं. ५ का प्रमुख किरण धमलाको अध्यक्षता एवम् लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथिमा सिभिल बंैंकको ९४ औँ लमही शाखाको विहिवार उद्घाटन गर्दै नगर प्रमुख कुलबहादुर केसीले बैंकको पूर्ण सफलताको कामना व्यक्त गर्दै, बैंकले दिने सेवालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

नगर प्रमुख केसीले बैंकमा आउने सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन आग्रह गर्दै, बैंकको उत्कृष्ट सेवाले ग्राहकहरुकोेमन जित्न सकिने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा सिभिल बैंकका लिमिडेट प्रदेश नं. ५ का प्रमुख किरण धमला, पत्रकार राधेश्याम गुप्ता लगाएतले बोल्नु भएको थियो । सिभिल बैंक लमही शाखा प्रबन्धक सौरभ न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बैंकका कार्मचारी सौरभ रानाले गर्नु भएको थियो । बैंकले सबै प्रकारको वित्तिय सेवाहरु घरदैलोमा पु¥याउने लक्ष्य राखेको छ ।।

तपाईको प्रतिक्रिया