पक्राउ परेका बिप्लब कार्यकर्ता रिहा, रिहा भए लगत्तै पार्टी छोडेको घोषणा

रोल्पा, असार २६ । रोल्पाको लिबाङबाट गत असार ३ गते पक्राउ परेका ने.क.पा.बिप्लव समूहका सक्रीय कार्यकर्ता देउराम सुनार “गद्दाफी“ आज रिहा भएका छन् ।

सुनिल स्मृति गा.पा. ६ गजुल स्थाई घर हाल रोल्पा न.पा.(४ लिबाङ बजार स्थित चिया पसल गरी बस्ने ५३ बर्षीय सुनारलाई जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत ३ हजार रुपैया धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनलाई “सार्बजनिक हित,स्वास्थ्य,सुरक्षा,सुबिधा र नैतिकता बिरुद्वको कसुर“ अन्तरगत मुद्दा चलाई कारबाही गरिएको थियो ।

यसैबिच सुनारले रिहा भए लगत्तै एक प्रेश बिज्ञप्ती जारी गरी आफु बिगतमा कुनै गैर कानुनि क्रियाकलापमा नलागेको बताउदै अब देखि कुनैपनी पार्टीमा नलागी स्वन्त्र पुर्बक जिबनयापन गर्ने बिज्ञप्ती मार्फत घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया