बाँकेका एक युवाको मलेसियामा मृत्यू


रोजगारीको शिलशिलामा मलेसिया पुगेका बाँके नेपालगन्जका एक युवाको मृत्यू भएको छ । नेपालगन्जका युवा दिनेश पौडेलको सडक दुर्घटनामा परेर मलेसियामा मृत्यू भएको हो । मलेसियाको पोटकेलाङ स्थित वस्पोट नजिकै काम सकेर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटनास्थल मै मृत्यू भएको बताइएको छ ।

बिगत २ बर्ष देखि पोटकेलाङको गोज एण्ड डोम इन्टर्प्राइजेज एसडिएन बिएचडी कम्पनीमा कार्यरत पौडेलको बिपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिदा मंगलबार बिहान ज्यान गएको थियो । उनको शवं पोस्टमार्टमको लागी केलाङ हस्पिटलमा लगिएको मलेसियाबाट पुरुषोत कार्की ढोलीले जानकारी दिए ।

उनका अनुसार आवश्यक कागजात र कानुनी प्रक्रिया पु¥याई पौडेलको शवंलाई नेपाल पठाउने प्रक्रियामा कम्पनी रहेको छ । मृतक पौडेलको आत्माको चिर शान्ती र शोकाकुल परिवारजन प्रती धैर्य धारणको कामना गर्दै प्रवासि नेपाली हातेमालो कल्याणकारी समाज पोटकेलाङ मलेसियाले शोकसभा आयोजना समेत गरेको थियो । रोजगारीको शिलशिलामा खाडि मुलुक पुगेका नेपालीहरुको विभिन्न कारणले मृत्यू हुने गरेको छ ।

तपाईको प्रतिक्रिया