डेरामै लागुऔषध धन्दा

तुलसीपुर, २६ असार ।

दाङमा लागुऔषध  सहित चार जना पक्राउ परेका छन् । लागुऔषधसहित घोराही उपमहानगरपालिका–१३ डुमरगाँउ चार जना पक्राउ परेका हुन् । ईश्वरी थापाको घरमा डेरा गरी वस्ने च्याङरा भन्ने हिक्मत रोका मगरले घरको शौचालयमा डाईजापाम र नुफिन लुकाई छिपाई राखी आफु समेतले प्रयोग गर्दै गरेको भन्ने विशेष सुचनाको आधारमा दाङका २ र रोल्पाका २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालीका–१० घरका २३ वर्षिय केशव डाँगी ,रोल्पा साविक कुरेली ८ घरका वर्ष २२ का रमेश वुढा मगर, रोल्पा साविक उवा–३ का ३३ वर्षिय हिकमत रोकामगर र घोराही उपमहानगरपालीका वडा नं. १४ का वर्ष २६ को दामबहादुर पुन रहेको प्रहरीले जनाएको छ । उनिहरु चार घोराही उपमहानगरपालिका–१३ डुमरगाँउमा बस्दै आएको प्रहरीले जनाएको छ । उनिहरुले डेरामै लुकाएर राखेको लागुऔषध बरामद गरिएको हो ।

पक्राउ परेका साथबाट डाईजापाम २ मिलिलिटर लेखेको थान १० र निफिन २ मिलिलिटर लेखेको थान १० गरी जम्मा २० थान बरामद गरिएको छ । उनिहरू उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता बिनोदविक्रम शाहले जानकारी दिए ।।

तपाईको प्रतिक्रिया