मालपोत तुलसीपुरमा १६ करोड बढि राजश्व संकलन


तुलसीपुर, २६ असार ।
मालपोत कार्यालय तुलसीपुरले चालुआर्थिक बर्षको अहिलेसम्ममा १६ करोड बढि राजश्व संकलन गर्न सफल भएको छ । चालुआर्थिक बर्षको जेठमसान्त सम्ममा १६ करोड ३२ लाख ५३ हजार ८ सय ४५ राजश्व संकलन गर्न सफल भएको मालापोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले बताउनुभयो ।

खड्काका अनुसार प्रदेश सञ्चित कोषमा पाँच करोड १९ लाख ५८ हजार ६ सय ७९, तुलसीपुर उपमहानगरपालिकामा सात करोड २९ लाख ५९ हजार दुईसय ८०, दंगीशरण गाउँपालिकामा २१ लाख ४६ हजार पाँचसय ४२, शान्तिनगर गाउँपालिकामा १७ लाख ७५ हजार पाँचसय ४५, बंबई गाउँपालिकामा १० लाख ५६ हजार ६ सय ४४ गरि जम्मा १२ करोड ९८ लाख ९६ हजार सातसय राजश्व बाँडफाँट भएको छ ।

साथै चालुआर्थिक बर्षमा माघसम्ममा केन्द्रीय खातामा एक करोड २१ लाख ३७ हजार ९ सय ५७ दाखिला भएको छ, भने पुँजीगत लाभकर २ करोड १२ लाख १९ हजार एकसय ८८ दाखिला भएको छ ।।

तपाईको प्रतिक्रिया