उपचारमा विकलाई दशहजार सहयोग


शिवु खनाल
रोल्पा, २५ असार | त्रिवेणी गाउाँपालिका वडा नम्बर ७ निवासी युवा व्यवसायि कृष्णकुमार नेपालीले विभिन्न ६ वटा रोगको मृत्युसंग लडि रहेका चन्द्रलाल विकलाई नगद रु दश हजार सहयोग प्रदान गर्नु भएको छ ।


मुटुरोग, कुष्टरोग, सुगररोग गरि विभिन्न ६ वटा रोगसंग नेपालगञ्ज अस्पतालको बेडमा मृत्युसंग रातदिन लडिरहेका त्रिवेणी गाउाँपालिका वडा नम्बर २ निवासी चन्द्रलाल विकलाई युवा व्यवसायि नेपालीले दश हजार सहयोग प्रदान गर्नु भएको हो ।


चन्द्रलाल विक सहयोगार्थ समिति गठन भएको र विद्यार्थी जिवन देखि चिनिजानी रहेको र विकको घरको आर्थिक स्थिति कमजोर भएको कारण विकको उपचारको लागी नगर दश हजार सहयोग प्रदान गरेको युवा व्यावसायि कृष्णकुमार नेपालीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया