कान्छा वडा अध्यक्षको करामत


दिप्तीशिखा चौधरी
दंगीशरण, २४ असार | जनताले धेरै आशा र अपेक्षा लिएर स्थानीय तहको चुनावमा जिताईएका दंगीशरण गाउँपालिका वडा न.७ का अध्यक्ष विर बहादुर वली एक फरक ब्यक्तित्वका रुपमा चिनीन्छन् । उमेरले उनी अरु जनप्रतिनीधिको तुलनामा कम उमेरका हुन् तर गाउँपालिकाको हरेक क्षेत्रसंग उनी नजिक छन् । गाउँपालिकाको हरेक कार्यप्रति चासो राख्छन् ।

वडाको काम मात्र होईन उनी सिंगो गाउँपालिकाको कार्यक्रम तथा वैठकमा सहभागि भई राय सल्लाह सुझाव लिने र दिने गर्दछन् । उनी गाउँपालिकाको सबै भन्दा कान्छा वडा अध्यक्षको रुपमा चिनीन्छन् । वडाको विकास निर्माणलाई प्राथमिकतामा राख्ने वडा अध्यक्ष वली गाउँपालिकाको प्रवक्ता पनि हुन । वडा अध्यक्षको भूमिका निर्वाह गरेका वली शिक्षा शाखाको शिक्षा समितीको सदस्यमा रहेर पनि आफनो जिम्मेवारी निर्वाह गरीरहेका छन ।

वली भन्छन् – “गाउँपालिकाको प्रवक्ता, शिक्षा समीतीको सदस्य र वडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न गाह्रो छ तर शिक्षा पनि उत्तीकै चासोको विषय हो ।” उनी अगाडि थप्छन् “ गाउँपालिका भित्र रहेका सामुदायीक बिद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँनु छ , गाउँपालिकामा हुने हरेक कार्य जनचाहाना बमोजिम गर्नुछ । त्यसैले मलाई वडाको मात्र नभई सिंगो गाउँपालिकाको चिन्ता छ ।” अषाढ मसान्त सकिनै लाग्दा विकासे योजनाहरुको काम भ्याई नभ्याई छ, वडाको काम कसरी हेर्ने छुट्टै जिम्मेवारी छ तर गाउँपालिकाको हरेक क्षेत्रसंग चिन्तित छु उनले भने । स्रोत अभावका बाबजुद पनि केहि नयाँ काम शुरु गर्ने उनको सोच छ ।

वलीले अहिले वडा न.७ मा रहेको जनता प्राथमिक बिद्यालय वुटनीयाको अवस्थालाई फेरिदिएका छन् । अहिले बिद्यालयमा नयाँ प्रविधी संगैसंगै अंग्रेजी माध्यम बाट पढाई संचालन भईरहेको छ । कक्षा ५ सम्म पढाई संचालन भइरहेको बिद्यालयमा अहिले ७ कक्षा सम्म पढाई हुने गरेको छ । शिशु कक्षामा प्रोजेक्टर प्रविधीमा पढाई भइरहेको बिद्यालयका प्रधानाध्यापक प्रदिप कुमार देवकोटाले बताए । उनकै सक्रियतामा अहिले वडाको सामुदायीक बिद्यालयमा बिद्यार्थीको संख्या पनि बढेको छ ।

उनी अभिभावकलाई विश्वास दिलाएर बिद्यार्थी भर्ना अभियानलाई सफल बनाएका छन् । बिद्यालयमा सिसि क्यामरा जडान संगै स्मार्ट क्लास सुरु भएको छ । यस्तै बिद्यालयको भौतिक अवस्थालाई पनि मर्मत संगसगै निर्माण कार्यलाई अगाडि बढाउँदै लगिएको छ । वडाबाट साढे ६ लाख लगानी गरेर बिद्यालयलाई सुधार गरिएको छ । शिक्षा क्षेत्रमा लगानी गरेर बिद्यालयको स्तरलाई माथि उठाएको भन्दै अहिले सो बिद्यालयलाई अध्यक्ष विर बहादुर वलीको बिद्यालय हो भन्ने गरिन्छ ।

यसरी वडा अध्यक्ष वलीको पहलमा सामुदायीक बिद्यालयको मुहार फेरीदा बिद्यालयका कर्मचारी संगै स्थानीयहरु पनि खुसी छन् । उमेरको हिसावले कान्छा वडा अध्यक्षको रुपमा चिनीने वलीको मस्तीष्क भने ठूलो छ । उनी गाउँपालिकाको हरेक क्षेत्र नियाल्छन् । सहयोगि भावना भएका वलीको बोलीमा दम छ । उनी गाउँपालिकाको हरेक कार्यमा सिधा कुरा राखेर कामलाई यथासक्य चाँडो सिध्याउँनका लागि अघि बढ्छन् । अध्यक्ष वली २०५७ सालमा क्रान्तीकारी संगठनको सदस्य भए ।

शुरुमा संगठनको बारेमा बुझन धेरै समय लाग्यो उनी भन्छन् । बुझ्दै र अनुभव गर्दै जादा २०६० सालदेखि राजनिति शुरु गरेको वली बताउँछन् । राजनितीको धेरै अनुभव वटुल्न नपाउँदै उनले वडा अध्यक्षको टिकट पाए र २०७४ सालको स्थानीय तहको चुनावमा तत्कालिन एकिकृत नेकपा माओबादिबाट वडा अध्यक्ष पदमा चुनाव लडेँ । उनी जनताको अध्याधिक मत प्राप्त गरि विजयी पनि भए । उमेरले सानो भएपनि बोल्ने दम भएर अध्यक्ष पदको टिकट पाए । भनिन्छ — “बोल्ने को पिठो बिक्छ नबोल्नेकोे चामल पनि बिक्दैन । ” यहि भनाई सगं उनको बानिले मेल खान्छ ।

सानै देखि राजनिती गर्छु भनेर सोच्थे तर राजनितिक क्षेत्रमा प्रवेश गर्दा यती छिट्टै अध्यक्ष बन्छु भन्ने मलाई लागेको थिएन । तर विश्वासीलो काम गर्दा सबैको प्रिय मान्छे बन्न पाएको छु वली भन्छन् । सिद्ध पृथ्वी जनता मा.वि. बाट एस.एल.सी. पास गरेका वलीको पढाई आई.ए. मा गएपछि अगाडि बढ्न पाएन् । उनी राजनितीमै सक्रिय भएपछि पढाईलाई पनि भुले तर अहिले पछुतो लाग्छ उनी सुनाउँछन् । उनी अहिले ३४ बर्षका भए तर काम, कुरा र राजनितीले ४० नघाईसकेको छ । जनताको जनप्रतिनिधी मात्र नभएर जनताको सेवक बन्न चाहन्छु अधयक्ष वलीले भने । वडाको विकाशका लागि योजना बनाउँन उनी गाउँपालिका धाइरहन्छन् । अहिले सो वडामा गाउँपालिकाको २० लाखको लागतमा पहिलो पटक ३ मिटर लम्बाई र ८ मिटर चौडाई गरी वुटनीया थारु गाउँ सडक कालोपत्रे गरिएको छ ।

यस्तै वडाको ५ लाखको लागतमा वुटनीया चिग्री ताल निर्माण गरिएको छ । वुटनियाको ३५ विघा क्षेत्रफलमा सिचाई गर्ने उद्धेश्यले ताल निर्माण गरिएको हो । यस्तै प्रदेश सरकार बाट २०७४÷०७५ को ४६ लाख र २०७५÷०७६ को ५८ लाखको लागतमा सिमर गजेरी ताल निर्माण गरिएको छ । लेटार , रजपलको डेढ सय बिघा क्षेत्रफलमा अहिले लिप्ट सिचाई बाट सिचाई भईरहेको छ ।

यस्तै २०७४÷०७५ को ३ लाख र २०७४÷०७५को ६ लाखको लागतमा उत्तर वली स्मृति वाटिका बन्ने प्रक्रियामा रहेको छ र पार्क निर्माणका लागि श्रीगाउँ सामुदायीक वनमा ताल जाली लगाइइएको वलीले बताए । वडामा बाटो निर्माण ,नाली निर्माण जस्ता विकाशे कार्य सम्पन्न भएको वलीले बताए ।

तपाईको प्रतिक्रिया