विकास योजनाहरु अन्तिम चरणमा


दाङ असार २३ । देउखुरीको गढवा गाउँपालिकामा आर्थिक बर्ष २०७५।०७६का विकास योजनाहरु करिव करिव अन्तिम चरणमा पुुगेको गाउँपालिकाले जनाएको छ । विकास योजनाहरुको निर्माणकार्य सम्पन्न हुदै गर्दा उपभोक्ता समितिहरुको बजेट निकासीमा सहजता ल्याउन गाउँपालिकाको अनुुगमन टोलिले अनुुगमनको कार्यलाई तिब्रता दिएको संयोजक तथा उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिइन् ।


विकास योजनाहरु मध्ये गढवा गाउँपालिकाको उत्कृष्ठ योजनाको रुपमा चम्बोला पुललाई लिइएको छ । दुुई आर्थिक बर्षमा झण्डै २७ लाखको लागतमा गढवा ७ मा २० मिटर लम्बाई र साढे चार मिटर चौडाई भएको चम्बोला पुुल निर्माण भएको पाइएको छ । यसगरी ४ लाखको लागतमा चम्बोला–शान्तीपुुर सडकको टे«याक खोल्ने कार्य सम्पन्न भएको वडा नं. ७ का वडाअध्यक्ष राहुुलदेव चौधरीले जानकारी दिए ।


यसैगरी मानपुुर दानबहादुर चौधरीको घरनेर ५ लाखको लागतमा कल्भर्ट निर्माण,१ लाख २५ हजारको लागतमा सुदिराम चौधरीको घरनेर पक्की कल्भर्टको पिलर निर्माण, गढवा उद्योग बाणिज्य संघको गेट निर्माण, आदीवासी जनजाति महासंघको भवनको डिपिसी फाण्डेशन निर्माण, गढवा स्वास्थ्य चौकीमा पार्किङ निर्माण, गढवा ५ को सिक्रहवा खोलामा पक्की पुल निर्माणका लागि पिलरहरु निर्माण, गढवा ७ को सेमरीमा ५ लाखको लागतमा महिला सामुुदायिक भवन निर्माण, १० लाखको लागतमा गढवा ६को बुद्धज्योति रोडमा सडक ग्राभेल, ४० लाखको लागतमा गढवा ५ को चैनपुर सडक कालोपत्रे, ४० लाखकै लागतमा गढवा ४ पर्सेनी जाने सडक कालोपत्रे, गढवा ५ को मघरौटामा ६ लाखको लागतमा कल्भर्ट निर्माण तथा सडक ग्राभेल, ४ लाखको लागतमा गढवा ४ पर्सेनी गाउँमा कल्भर्ट निर्माण, झण्डै २५ लाखको लागतमा गढवा ८ कोइलाबासको मुसीनाका विद्युतिकरण गरिएको छ ।

निर्वाचन क्षेत्रविकास कोषबाट गढवा बहुमुखी क्याम्पसको बाउण्ड्रीवाल निर्माण, रंगरोगन पलस्तर र गेट निर्माण, लमही कोइलावास सडकको केही खण्डमा सडकको दुवैतर्फ, हरियाली प्रवर्धन कार्यक्रम अन्तर्गत वृक्षारोपण तथा संरक्षण, तराइ मधेश समृद्धी कार्यक्रम अन्तरगत गढवा स्थित जनता माध्यमिक विद्यालयमा ७० लाखको लागतमा विद्यालय भवन निर्माण, तथा निर्वाचन क्षेत्रविकास कोषको २० लाखको लागतमा इलाका प्रहरी कार्यालयमा मेश भवन निर्माण लगायतका विकास योजनाहरु मध्ये कतिपय योजनाहरु निर्माण सम्पन्न भै सकेका र कतिपय निर्माणको अन्तिम चरणमा रहेको बताइएको छ ।

गाउँपालिका र वडा स्तरका बिकास योजनाहरु बढीजसो निर्माण सम्पन्न भै सकेका र कतिपय निर्माणको अन्तिम चरणमा पुुगेको र कतिपय प्रदेश सरकारका योजनाहरु निर्माणाधिन अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया