करेन्ट लागेर घाइतेको उपचारको लागि सहयोग


दाङ असार २३ । घोराही ग्रील तथा स्टील व्यवसायी संघले करेन्ट लागेर घाइते भएका हेमराज विष्टलाई उपचारको लागि सहयोग गरेको छ । संघले सोमवार एक कार्यक्रमको आयोजना गरी ५१ हजार ५५ रुपैया सहयोग गरेको हो ।


उपचारमा सानो भए पनि सहयोग मिलोस भनेर सहयोग गरिएको संघले जनाएको छ । सहयोग रकम विष्टले कार्य गदै आएका ग्रील उद्योगका सञ्चालक रविन केसीलाई हस्तान्तरण गरिएको थियो । व्यवसायीहरुले रकम उठाएर सहयोग गरेका हुन् ।


घोराही बजारमा प्रवेशद्धार निर्माणको क्रममा विद्युतको तारमा लागेर घाइते भएका थिए । उनको हाल काठमाडौमा उपचार भइरहेको रविन केसीले जानकारी दिए । उनले उपचारमा सहयोग गर्ने सवैमा आग्रह गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रम संघका अध्यक्ष भरत सुनारको अध्यक्षता एवम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा संघका सल्लाहाकार मानवहादुर वि क, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिह वुढाथोकी, कोषाध्यक्ष शुसिल पोख्रेल लगायतकाले भनाई राखेका थिए । कार्यक्रमको सहजिकरण ग्रील तथा स्टील व्यवसायी संघका सचिव कमल विश्वकर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया