‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक, (भिडियोसहित)

काठमाडौं,  असार । नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रीश्मा गुरुङ, वुद्दि तामाङ, विल्सन विक्रम राई, कर्मा, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

तर, चलचित्रको टिजरमा दयाहाङ राई, बिजय बराल र उपासना सिंह ठकुरीलाई मात्र देखाइएको छ । रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन ।

त्यस्तै, रेनशा वान्तवा राइको कोरियोग्राफी लाई शैलेन्द्र डी कार्कीले क्यामेरामा कैद गरेका हुन । अब भदौ १३ मै रिलिज हुने अर्को चलचित्र ‘मारुनी’सँग जुध्ने भएको छ । चलचित्र भदौ १३ गतेलाई देशै भरका हलहरुमा एकसाथ प्रर्दशनमा आउने जानकारी गराइएको छ ।

 

तपाईको प्रतिक्रिया