दाङका नौ स्थानीय तह बाढीको उच्च जोखिममा


तुलसीपुर, २३ असार ।
दाङमा ९ स्थानीय तहका ३७ वटा वडा बाढीको उच्च जोखिममा देखिएका छन् । राजपुर गाँउपालिकाका ७ वटै वडा, गढवा गाँउपालिकाका ७ वटा वडा, राप्ती गाँउपालिका ८ वटा वडा, दंगिशरण गाँउपालिकाको ३ वटा वडा, बबई गाउपालिकाका २ वटा वडा , शान्तिनगर गाँउपालिकाका ३ वटा, लमही नगरपालिकाका ४ वटा वडा र तुलसीपुर उपमहानगरपालिकाका ३ वटा वडा बाढीको उच्च जोखिमा देखिएका हुन् ।

त्यस्तै दाङका तीन स्थानीय तहका सात वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । बंगलाचुली, शान्तीनगर र राप्ती गाँउपालिकाका सात वटा वडा पहिरोको उच्च जोखिममा देखिएका जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बंगलाचुली गाँउपालिकाको वडा नम्बर ३, ४, ५ र ६ , शान्तीनगर गाँउपालिकाको १ र ३ , राप्ती गाँउपालिकाको ९ नम्बर वडा बाढीको उच्च जोखिमा रहेका छन् ।

त्यसैगरी ५२ वटा वडा आगलागीको उच्च जोखिममा रहेका छन् । राजपुर , राप्ती र गढवा र बंगलाचुली गाँउपालिकाका सबै वडा आगलागीको उच्च जोखिममा रहेका छन् । केन्द्रको तथ्याङ्क अनुसार दंगशरण गाँउपालिकाका १ , २, ५ र ६ नम्बर वडा, घोराही उपमहानगरपालिकाका ११, १२, १३ ,१८ र १९ नम्बर वडा आगलागीको उच्च जोखिममा रहेका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका १,३,४,५,१२,१३ र १९ नम्बर वडा पनि आगलागीको उच्च जोखिममा रहेका छन् ।

त्यसैगरी घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका २,३,६,८ र ९ राप्ती गाँउपालिकाका ६ र ७ नम्बर वडा सडक दुर्घटनाको उच्च जोखिममा रहेका छन् । त्यसैगरी दंशिशरण, गढवा र राजपुर गाँउपालिका सर्पदंशको उच्च जोखिममा देखिएका छन् ।।

तपाईको प्रतिक्रिया