घुस लिने र दिने दाङका दुई जना बिरुद्ध अदालतमा मुद्धा दर्ता


दाङ, २२ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने दिने गरेको आरोपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका एक जना प्रहरी हवल्दार र एक व्यवसायीलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पत्रकारको नाममा प्रहरीसंग घुस लिएको आरोपमा तुलसीपुर उपमहानगरपालिका १४ कोठरीका सुनिल न्यौपाने र घुस दिएको आरोपमा प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंह बिरुद्ध बिशेष अदालतमा मुद्दा परेको हो ।

घोराही धारपानी सडक खण्डको उखुबारी क्षेत्रमा सवारी जाँचमा रहेका प्रहरी हवल्दार सिंहले २ सय रुपैयाँघुस लिएको भिडियो बनाई आफुलाई पत्रकार भनेर बार्गेनिङ गर्ने न्यौपाने बिरुद्ध एक लाख ५ हजार २ सय रुपैयाँ बिगो माग दावी गरिएको छ ।

ट्राफिक जाँचका क्रममा कागजपत्र नभएका न्यौपानेले प्रहरी सिंहलाई २ सय रुपैयाँ दिएपछि न्यौपानेले आफु पत्रकार भएको र घुस लिएको भिडियो सार्वजनिक गरिदिने भन्दै एक लाख मागेर बार्गेनिङ गरेका थिए ।

अख्तियारका अनुसार न्यौपानेले ५० हजारको चेक र ५० हजारको नगद लिएका छन् । २ सय घुसलिने हवाल्दार र एक लाख ५ हजार पैसा लिने पत्रकार विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया