दंगीशरणममा नृत्य प्रतियोगिता,पुष्पा बोहोरा प्रथम


दिप्तीशिखा चौधरी
दंगीशरण, २० असार | “माया नाचिदेउँ रामरी …..” बोलको गितमा नृत्य प्रश्तुत गरेकि कलाकार पुष्पा बोहोराले प्रथम स्थान हासी गर्न सफल भएकि छिन् । दंगीशरण गाउँपालिका स्थित बिरेन्द्र माध्यमिक विद्यालयमा आयोजीत यूवा प्रतिभाको पहिचान कार्यक्रम अन्र्तगत गाउँपालिका स्तरीय नृत्य प्रतियोगीतामा भाग लिएकि बोहोराले प्रथम स्थान हासिल गर्न सफल भएकि हुन् ।

उनको प्रश्तुतीले स्टेज नै तताएको थियो । यसैगरि प्रतियोगितामा तनु के.सी.ले द्धितीय स्थान हासील गर्न सफल भएकि थिईन् भने जमुना डांगीले तृतिय स्थान हासील गर्न सफल भएकि हुन् । यस्तै ममता वि.क. ले सान्त्वना स्थान हासील गर्न सफल भईन् । कार्यक्रममा कलाकार करीना डांगीले सो डान्स प्रश्तुत गरेर मनोरञ्जन प्रदान गरेकि थिईन् ।

दंगीशरणमा नृत्य कलाकारहरुको बेजोड प्रश्तुतीले गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी उपाध्यक्ष पिमा कुमारी खड्का, वडा अध्यक्ष श्रीप्रशाद चौधरी, तुलसीराम देवकोटा, नेव बहादुर कवँर लगाएत गाउँपालिकाका जिम्मेवार ब्यक्तित्वहरु भावुक देखिन्थे । राष्ट्रिय यूवा परिषदले गाउँपालिकामा गरेको यस्तो प्रकारको प्रतियोगीताले अझै गाउँपालिकामा केहि गर्नुपर्छ भन्ने जिम्मेवार ब्यक्तित्वहरुको अनुहारले बताउँदथ्यो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एंव प्रतिनिधी सभा सदस्य हिराचन्द्र के.सी. ले दंगीशरणमा कलाकारहरुको जन्म भएको प्रति खुसी ब्यक्त गदै यूवामैत्री कार्यक्रमका लागि आफुले आगामि दिनमा संघिय सरकार बाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिनिधी सभा सदस्य के.सी. ले दंगीशरणमा यूवाहरु हरेक क्षेत्रमा दक्ष भएर अगाडि बढ्न आग्रह गरे । उनले भने –“ दंगशरण यूवामैत्री हुनुपर्छ, यसका लागि म आफनो ठाउँबाट सहयोग गर्न तयार छु । ” यसका साथै दंगीशरणमा थारु बाहुल्यता भएकाले यहाँको सस्ंकृति,पहिचानलाई जोगाईराख्नका लागि थारु ग्राम निर्माणका लागि लागिपरेको बताउदै समृद्धिको ढोका खोल्ने बताए ।

सोहि अवसरमा प्रदेश न. ५ का सदस्य माननिय धमकली चौधरीले दंगीशरणमा यूवामुखी कार्यक्रमलाई प्राथािक्ता दिदै यूवामैत्री कार्यक्रमका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । सांसद चौधरीले भनीन् –“हरेक तहमा यूवाको आवशयक्ता पर्ने भएकाले अवको योजनामा यूवालाई प्राथमिक्ता दिनुपर्दछ । ” यस्तै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले यो कार्यक्रमले दंगीशरणलाई कलाकारमैत्री बनाउँन आवश्यक रहेको कुरा देखाएको भन्दै अवका दिनमा यूवाहरुलाई समेटिने गरि विभीन्न कार्यक्रमहरु गाउँपालिकाले राख्ने बताए ।

समृद्ध नेपाल निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी यूवा भन्ने मूल नाराका साथ राष्ट्रिय यूवा परिषद जिल्ला यूवा समिती दाङले आयोजना गरेको गाउँपालिका स्तरीय नृत्य प्रतियोगीतामा ३८ जना यूवा कलाकारहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र सहित २० हजार, द्धित्तीय हुनेलाई प्रमाण पत्र सहित १५ हजार , तृतिय हुनेलाई प्रमाण पत्र सहित १० हजार र सान्त्वना हुनेलाई प्रमाण पत्र सहित ५ हजार प्रदान गरिएको थियो ।

अन्य प्रतियोगीहरुलाई पनि कार्यक्रममा प्रमाण पत्र वितरण गरिएको थियो । नृत्य प्रतियोगितामा नृत्य संघका अध्यक्ष मनोज लामिछाने, दोभान कला केन्द्र सस्ंथापक अध्यक्ष अच्यूत आचार्य, निर्मल वि.क. र शिक्षा शाखाका प्रमुख विनोद अधिकारीले मुल्याङ्कनकर्ताको भूमिका निर्वाह गरेका थिए ।

नमुना युवा सांसदका प्रधामन्त्री चक्रमिलन वि. को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीरकण गाउँपालिकाकी प्रेस संयोजक दिप्तीशिखा चौधरीले गरेकि थिईन् ।

तपाईको प्रतिक्रिया