दाङमा मार्शल आर्ट्स हाप्किडो सेमिनार हुने


घोराही,असार १६ । दाङमा मार्शल आर्ट्स आप्किडो संघको आयोजनामा दाङमा दुइ दिने सेमिनार हुने भएको छ । संघका अध्यक्ष भुवन बुढामगरले दिएको जानकारी अनुसार आउदो साउन १० र ११ गते घोराहीमा प्रदेश स्तरिय हाप्किडो सेमिनार हुन लागेको छ ।


समिनारमा प्रदेश नम्वर ५का दाङ, रुकुम, रोल्पा, प्युठान, रुपन्देही, बाँके, पाल्पा लगायतका जिल्लाका २०० खेलाडी खेलमा सहभागि हुनेछन ।  कोरियाबाट उत्पती भएको उक्त खेल विशेष गरी आत्मरक्षाको लागि खेलिन्छ । आयोनजक समितीका अर्का सदस्य हरि सुनारले आफुहरुले खेल आयोजनाको मिति तय गरि सके पनि आर्थिक समस्यामा रहेको बताए । साथै खेललाई भव्य र सभ्य बनाउनको लागि सबै तह र तत्का, क्षेत्रका व्यक्तीहरुलाई आग्रह गरे ।


संघका केन्द्रिय सदस्य सुर्वण विसिले उक्त सेमिनारमा खेलाडीलाई निशुल्क भाग लिन दिइने र करिव ३५ देखि ४० जना महिला खेलाडी सहभागि हुने जानकारी गराए ।

तपाईको प्रतिक्रिया