सेल्फी लिने क्रममा मृत्यु हुनेको संख्या २ सय ५९, भारतमा सबैभन्दा धेरै

अहिले युवापुस्तामा सेल्फी लिने होड नै चलेको छ। उनीहरूले विभिन्न स्थानमा सेल्फी लिन कै लागि भनेर ज्यानको जोखिम पनि मोलिरहेका छन्। जसलाई भाग्यले साथ दियो त्यो सेल्फी खिचेर फर्कियो र जो फर्किन सकेन उसले सानो सेल्फीका कारण ज्यान गुमायो।

अहिले सेल्फी मान्छेको लागि एकदमै खतरा बनेको छ। विश्वभरमा सेल्फी लिने क्रममा ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा बढि छ। यसपछि रुस, अमेरिका र पाकिस्तान रहेको छ। जर्नल अफ फैमिली मेडिसिन एण्ड प्राइमरी केयरमा प्रकाशित रिपोर्टको अनुसार, अक्टुबर २०११ देखि २०१७ सम्ममा सेल्फी लिने क्रममा २५९ जनाको मृत्यु भएको छ। यसमा सबैभन्दा धेरै मर्नेको संख्या भारतमा १५९ जनाको रहेकाे छ।

धेरैजसो सेल्फी लिने क्रममा धेरैजसो नदि, नदि किनार तथा समून्द्रमा डुबेका कारण मृत्यु भएको छ। यसका साथै चलिरहेको ट्रेनको अगाडि र हिंस्रक जनावरसंग सेल्फी लिने क्रममा धेरैले ज्यान गुमाउन पुगेका छन्। त्यस्तै ठूला ठुला घरका छतबाट खसेर र जंगली जनावरसँग सेल्फी लिँदा ज्यान गुमाएका छन्।

दोस्रो स्थानमा पर्ने रुसमा १६ जना र तेस्रोमा रहेको अमेरिकामा १४ जना मानिसले ज्यान गुमाएका छन्। अनुसन्धानकर्ताका अनुसार, यसरी ज्यान जानेमा ५० प्रतिशत मानिस २० देखि २९ वर्ष उमेर समूहका छन्। यस्तो घटनाबाट मर्नेको संख्या अझै बढ्न सक्थ्यो तर धेरै देशबाट यस्तो घटनाको रेकर्ड राखिँदैन।

तपाईको प्रतिक्रिया