ट्रम्प बने उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई उत्तर र दक्षिण कोरिया छुट्टयाउने सिमानामा भेटेका छन् । त्यसपछि बोल्ने क्रममा किमले आफूले राष्ट्रपति ट्रम्पले सो ठाउँमा भेट्ने कहिले आशा नगरेको बताए ।

भेटका क्रममा दुई नेताले हात मिलाएपछि ट्रम्पले उत्तर कोरियाली भूमि टेकेका छन् । ट्रम्प उत्तर कोरियाली सर्वोेच्च नेता किम जोङ–उनसँगै उत्तर कोरियाली भूमितर्फ हिँडेर गएका थिए । यो सँगै किम उत्तर कोरिया भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

उत्तर कोरियाली भूमि टेकेपछि ट्रम्प पुनः दक्षिण कोरिया फर्किएका थिए । त्यहाँ उनलाई दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले पर्खिरहेका थिए । ट्रम्पले यस भेटअघि शनिवार अकस्मात ट्वीट गर्दै किमलाई उत्तर कोरिया र दक्षिण कोरियाबीचको सिमाना छुट्टाउने भागमा भेट्ने प्रस्ताव राखेका थिए ।

तपाईको प्रतिक्रिया