‘आप्पा’को सुखद ओपनिङ

‘आप्पा’ अभिनेता दयाहाङ राई अभिनित फिल्म हो । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले ओपनिङ ब्यवसाय राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार देशभरका चलचित्र भवनमा राम्रो व्यवसाय गर्न सफल भएको निर्माण युनिटले जनाएको छ । बाबुछोराको कथामा बनेको फिल्मले मल्टीप्लेक्स र सिंगल थिएटर दुबैतिर राम्रो व्यावसाय गर्नेको निर्माण युनिटको दाबी रहेको छ ।

अनमोल गुरुङको निर्देशन रहेको फिल्ममा शनिबार राजधानीको गोपी, गुण, अष्टनारायणलगायतका सिंगल थिएटरमा पनि दर्शक चाप राम्रो रहेको थियो । फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया प्राप्त छ ।


‘वर्ड अफ माउथ’ बलियो भएका कारण आइतबारबाट फिल्मका दर्शक अझै बड्ने निर्देशक गुरुङले अनुमान गरे ।

फिल्ममा दयाहाद्दका अलवा सिद्धान्त राज तामाङ, तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्कीको पनि अभिनय रहेको छ । फिल्म ‘आप्पा’ भारतका २५ हलमा पनि प्रदर्शनरत रहेको निर्देशक गुरुङको भनाई रहेको छ ।

शनिबार दिउँसो फिल्मका अभिनेता सिद्धान्त र अभिनेत्री अल्लोनाले राजधानीका केही हल पुगेर दर्शक प्रतिक्रिया बुझेका थिए । फिल्म हेर्ने सबैबाट राम्रो प्रतिक्रिया मिलेको उनीहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया