नृत्य प्रतियोगितामा दिपशिखाका विद्यार्थी प्रथम

घोराही,  असार | घोराही उपमहानगरपालिकाले विद्यालय स्तरीय नृत्य प्रतियोगिता गरेको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आयोजना गरेको नृत्य प्रतियोगितामा नगरका ४० वटा विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए । प्रतियोगितामा दिपशिखा आबासिय माविका विद्यार्थीहरु प्रथम भएका छन् ।

त्यसैगरी, शिद्धार्थ एकेडेमी द्धितिय, बाल विकास विद्यालय तृत्तिय र अल्फा इङलिस बोर्डिङ स्कुल सन्तोना भएका छन् । विजयीहरुलाई क्रमश १२ हजार, ८ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

शिक्षा महाशाखा प्रमुख विनोद गौतमको अध्यक्षतामा भएको प्रतियोगिताको निर्णायकमा सेरबहादुर थापा, बसन्त राठो र टोपेन्द्र बिष्ट रहनुभएको थियो । प्रतियोगिताको सहजिकरण महाशाखाका विपना वर्तौलाले गर्नुभएको थियो ।

विद्यार्थीहरुको कला सँगै नेतृत्व र क्षमता विकासका लागि अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएको महाशाखाले जनाएको छ । विहिबार निबन्ध र बक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।

तपाईको प्रतिक्रिया