घोराहीमा स्पोर्ट पसल संचालनमा


घोराही,असार १२ । घोराही उपमहानगरपालिका वडा नम्वर १५ शिक्षाशाखा रोडमा स्पोर्ट पसल संचालनमा आएको छ । जिल्लामा खेलकुदका गतिविधि र खेलाडीहरु प्रसस्त भए पनि खेललाई आवश्यक सामाग्री पाउन जिल्ला बाहिर नै पुग्नुपर्ने बाध्यता थियो ।

सोही बाध्यतालाई हटाउन र जिल्ला मै खेलकुदका सामाग्री उपलब्ध गराउनको लागि ‘स्पोर्ट वर्ड’ नाम दिएर खेलकुद र खेलाडीसँग सम्बन्धि सामाग्री विक्री वितरण सुरु गरेको प्रोपोराइटर सुवर्ण देवकोटाले जानकारी दिए ।


विहिवार देखि संचालनमा आएको पसलको उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले उद्घाटन गरेका थिए । पसलको उद्घाटन गर्दै भुसालले खेल र खेलाडीलाई आवश्यक पर्ने सामाग्री जिल्लामा उपलब्ध गराउन भुमिका खेलको भन्दै संचालक देवकोटालाई धन्यावाद दिए ।


पसलमा खेलसँग सम्बन्धित सम्पुर्ण सामाग्री, र खेलाडीलाई आवश्यक पर्ने सामाग्रीहरु राखिएका छन् । करिव बीस लाखको लागतमा पसल संचालनमा आएको हो ।

तपाईको प्रतिक्रिया