युवा ज्योतिष मुस्कान खनाल सम्मानित

दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय सदस्य युवा ज्योतिष मुस्कान खनाल सम्मानित भएका छन् । काठमाडौमा आयोजित नेपाल ज्योतिष परिषद्को १७ औँ राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलनमा उनलाई सम्मान गरिएको हो ।

ज्योतिष तथा वास्तुशास्त्रभित्रका वैज्ञानिक पक्षको अध्ययन तथा अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, युवा पुस्तामाझ यस क्षेत्रको गरिमा बढाउने कार्य गरेको भन्दै उनलाई विशेष समारोहका बचि सम्मान गरिएको हो ।

खनाल केही वर्षदेखि मर्यादित रुपमा ज्योतिष शास्त्राको साधना गर्दै वैदिक विज्ञानको अध्ययन तथा अनुसन्धान केन्द्रित छन् । उनलाई दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा. सहदेव विष्ट, विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेललगायतले सम्मान पत्र, दोसल्ला र पुष्पमालासहित सम्मान गरे ।

सम्मान ग्रहणपछि खनालले सममानले आफूलाई ज्योतिष तथा वास्तु क्षेत्रमा रहेका विकृतिलाई चिर्दै यस क्षेत्रमा थप अध्ययन तथा अनुसन्धान गर्न प्रेरित गरेको बताए । उनले भने, ‘आगामी दिनमा युवा पुस्तामाझ बौद्धिक ससकृतिलाई स्थापित गर्न थप जिम्मेवारीका साथ अघि बढ्ने छु ।

’यसअघि उनी ‘विन्दविासीनी ज्योतिष सम्मान तथा ज्योतिष रत्न २०१८’बाट विभुषित भएका थिए । उनी दाङमा रहेर चर्चित युवा ज्योतिषको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

तपाईको प्रतिक्रिया