नेपाल प्रहरीको रिटायर जीवन : बंगुरपालन व्यवसायमा

 

जीतसागर जी.एम.।
तुलसीपुर, ७ असार ।

तुलसीपुर उपमहानगरपालिका–१८ का बिष्णुबहादुर गुरुङ.. उमेरले ६ दशक पार गरिसके । गोरखामा जन्मिएर दाङलाई स्थायी बसोबास बनाएका गुरुङले लामो समय सम्म अर्थात उमेरको करिब ४ दशक नेपाल प्रहरीको सरकारी जागिर बिताए । राष्ट्रसेवामा लामो समय खर्र्चिएका गुरुङ अहिले अवकाशप्राप्त जीवन बिताईरहेका छन् । गुरुङको उमेर ६० वर्ष भयो, कपाल पाकेर बुढ्यौलीपनाले छोएको छ तर उनको जोश जाँगर भने युवाको भन्दा कम छैन् ।

‘सरकारी जागिर ठाँउ—ठाँउमा जानुपर्ने, कुनै ठाँउ राम्रो हुन्छ, कुनै ठाँउ राम्रो हुँदैन्, आफुभन्दा माथिको आदेश मान्नुपर्ने, त्यो भन्दा त आफ्नै व्यवसाय राम्रो, स्वतन्त्र रुपमा यि….यसरी काम गर्न पाइया छ, आफ्नै समय अनुसार काम गर्न सकिन्छ , सरकार जागीर भन्दा त आफ्नै व्यवसाय ठिक लाग्यो’

उनलाई नपुग्ने पनि त छैन्, घरमै बसिबसि पनि सरकारी पेन्सन आउँछ , काम नगरेपनि परिवार र उनलाई कुनै समस्या हुँदैन् तर गुरुङ भने अझैपनि काम गर्ने मान्छे मात्रै भाग्यमानी हुन्छ भने भनाईलाई शिरोधार्य गर्दै बंगुरपालन व्यवसायमा लागेका छन् । ‘ काम गर्ने हो , हात पाखुरा छउन्जेल त हो नि, बस्ने समय आफै आउँछ, हामी आतिनुपर्दैन्, म त मेरो केटाकेटीलाई पनि खाली बस्न दिँदैन् , म आफुपनि बस्दैन् ’उनले भने — ‘काम गर्ने मानिस पो भाग्यमानी हुन्छ, काम नगर्ने मानिसले हो दुख पाउने त, मेरो सानैदेखिको बानी हो म त्यत्तिकै कहिले बस्दैन्, केहि न केहि गरेर त बस्नैपर्छ मलाई ’।

आजभन्दा करिब १५÷१६ वर्षअघि एउटा बंगुरबाट व्यवसाय थालेका गुरुङको बंगुर फममा अहिले १७÷१८ वटा माउ बंगुर रहेका छन् । शुरुमा ३÷४ हजार रुपैँयाको सानो लगानीबाट व्यवसाय थालेका उनको अहिले करिब करोड लगानी पुगिसकेको छ । ‘ एउटा बंगुरबाट अहिले १७÷१८ वटा पुगिसकेका छन् , त्यहि एउटालाई ठुलो बनाएर बेच्यौँ, अनि फेरी त्यसकै पैसाले अरु सानो पाटाहरु किनियो, यसरी नै माउ बंगुरको संख्या बढ्दै गएको हो ।’ उनले भने ‘बंगुरपालन फमबाट अहिले बंगुरका पाटापाटी मात्रै बिक्रि हुँदै आएको छ । आवश्यक पर्ने व्यवसायीहरु घरमै आएर आफै खरिद गर्ने गरेका छन्, बजारीकरणका लागि केहि समस्या छैन् ।’

मेहनत गर्नुपर्छ सफलता खोज्न भौँतारिरहनु पर्दैन् भन्ने उदाहरण दिन सफल गुरुङलाई सफल बनाउने उनको परिवारका अझ बढी साथ छ । उनकी धर्मपत्नी मधुमाया जीसीले बंगुरपालन व्यवसायलाई उचाईमा पु¥याएकी हुन् । आरबिएस पशुपंक्षि फममार्फत गुरुङ दम्पतिले बंगुरपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् । सम्भावना र अवसर हुँदा हुँदैपनि वास्तविकता थाहा पाउन नसक्दा कतिपय मानिस रोजगारीका लागि भौँतारिरहेका छन् तर गुरुङ दम्पतिले भने व्यवसायीक बंगुरपालनबाट घरमै बसिबसी लाखौँ कमाउँछन् भन्ने कुरा कतिपयलाई विश्वास पनि नलाग्न सक्छ । गुरुङ दम्पतिले बंगुरपालन फमबाट कति कमाउँछन् भन्ने कुरा हामीले भन्नुभन्दा पनि तपाई आफै हिसाव गर्नुहोला……. ।

एउटा बंगुरले पाटा जन्माउन ४ महिना लाग्छ । ३० देखि ४५ दिनमा पाटा बेच्नलाई तयार हुने गर्दछ । बंगुरको एउटा पाटाको मुल्य न्युनतम पनि ३ हजार ५ सय पर्ने गरेको छ भने एउटा बंगुरले एक पटकमा करिब १५ देखि १८ वटा सम्म पाटा दिने गर्दछ भने १८ वटा बंगुरले आधावर्षमा कति आम्दानी दिन्छ होला त ? तपाईले धेरै सोच्नै पर्दैन यसको जवाफ हामी आफै दिन्छौँ । गुरुङले प्रति आधावर्षमा अर्थात ६ महिनामा बंगुरका पाटापाटी बेचेर करिब १० लाख आम्दानी गर्ने गरेका छन् ।

वार्षिक २० लाख आम्दानी घरमै बसेर आम्दानी गर्न सफल भएका छन् गुरुङ दम्पती । बंगुरपालन फमले धेरै ठाँउपनि ओगटेको छैन् । करिब १ कठ्ठा क्षेत्रफलमा बंगुरपालन गरिएको छ । फमबाट उत्पादित बंगुरका पाटाहरु दाङसहित देशका विभिन्न भागमा पुग्ने गरेका छन् । फमबाट विशेषगरी समुह तथा सहकारीले पाटापाटी खरिद गर्ने गरेका छन् ।।

तपाईको प्रतिक्रिया