क्रिकेट रंगशालाको काम तिव्र

दाङ, असार ५ । विस २०७१ सालदेखी सुरुभएको घोराहीको प्रदेशस्तरको क्रिकेट रंगशालाको काम तीब्र रुपमा अगाडि बढेको छ । प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले यस बर्ष घोराही उपमहानगरपालिकालाई निर्शत अनुदानका रूपमा १ करोड रकम प्रदान गरेको थियो ।

तर अहिले १ करोड मध्ये ५० लाख रकम अन्य वडामा प्रदान गरिसकिएको र क्रिक्रेट मैदानका लागि ५० लाख रकम बराबरको काम भैरहेको उपभोक्ता समितिका दीपक चौधरीले जानकारी दिएका छन् ।

घोराही उपमहानगरपालिकाले करीब ३५ करोड खर्च लाग्ने गरी प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणको लागि बनेको डीपीआर अनुसार खेलकुद मन्त्रालयको बजेट अन्तर्गत जिल्ला खेलकुद बिकास समितिले बिनियोजन गरको २० लाख रुपैयाले जिल्ला क्रिकेट संघको भबन र चेन्जिङ रुम बनिरहेको छ भने उपमहानगरपालिकाको ५० लाख रकमले डिप बोरिंग, मैदान तारबार, माटो कटान, मैदान लेबल, नाली, सिमेन्ट अभ्यास पिच बनउन पहल गरिएको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभएको छ ।

‘२०७४÷७५ मा घोराही उपमहानगरपलिकाले आफ्नो नीति तथा कार्यक्रममा क्रिकेट रंगशाला, क्रिकेट प्रशिक्षण केन्द्र बनाउने निर्णय ग¥यो ।’ अध्यक्ष मजगैयाले भन्नुभयो, ‘गतवर्ष मैदान बनाउन करीव एक करोड बजेट पनि बिनियोजन भयो मैदानलाइ अपुग जग्गा खरिद गर्ने निर्णय गरियो तर मैदानको लागि आबस्यक सम्पुर्ण जग्गा खरीद गर्न सकिएन ।

’ यस चालू आव ०७५÷७६ मा करीब ७० लाख बजेट बिनियोजन गरि काम भैरहेको छ । घोराही उप महानगरपलिकाले यस बर्ष २०७६÷७७ पेस गरेको आफ्नो नीति तथा कार्यक्रममा घोराही क्रिकेट रंगशाला लाई अत्याधुनिक र सुबिधा सम्पन्न बनाउने निर्णय समेत गरेको छ ।

यसैक्रममा घोराही क्रिकेट रंगशालाको लागि डिप बोरिङ निर्माण गर्न सुरुवात गरिएको छ । निर्माण समितिमा दीपक चौधरीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि दांग क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा जमुना टोल बिकास सस्थाका अध्यक्ष दुर्गा खत्री, भबन निर्माण समितिका अध्यक्ष बाल कृष्णा कवर लगायातको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया